शुक्रबार, ०९ माघ २०७७

सकिनु अघि सुर्य-चिन्ह छातिमा राखेर बर्बराउदै छन् प्रचण्ड



लेखक
राज्यको नागरिक भए पछि सक्षम नागरिकले धेरै थोरै देशको घट्ना परिघट्ना राजनैतिक अबस्था धेरै थोरै जानकारी राखेकै हुन्छ्न र राख्नु पनि पर्छ । यस्को मतलब सबै नागरिक राजनीति प्रतिनै अग्रसर भएर लाग्नु पर्छ भन्ने होइन तर देशको अवस्था बर्तमानमा भैरहेको उतारचढाव सबै नागरिकले चासो राख्नु र बुझ्न खोज्नु स्वभाबिकनै हो।
गणतान्त्रिक मुलुक र बहुदलीय ब्यबस्थामा आफुलाइ कुनै दलको समर्थनमा लाग्न पाउनु सबै सार्बभौम नागरिकको हक र अधिकार हो र उक्त अधिकारबाट बन्चित गर्ने गराउने काम कुनै पनि लोकतान्त्रिक मुलुकले गर्दैन तर पनि कोहि बुझेर नबुझेर कसैको दबाबमा लगाइन्छ भने त्यो लोकतन्त्रको उपहास हो र त्यस्तो कार्य कदापि सह्य हुदैन।
लोकतन्त्रमा सरकार सङ्ग असन्तुष्ट ब्यक्ती वा राजनैतिक दलले स्वस्थ राजनैतिक मुद्दामा बिरोध जनाउन आन्दोलन गर्न छुट छ तर ब्यक्तिगत अफबाहहरु फैलाएर गरिने बिरोध आन्दोलन एक किसिमको भद्दा लोकतन्त्र हो,जुन भद्दा लोकतन्त्रको आन्दोलन अहिले प्रचण्ड-माधब-झलनाथ(मार्झन्ड)समुहका कार्यकर्ताहरुले गर्दै छन।जहाँ देशको सम्मानिय रास्ट्रपति देखि देशको प्रधानमन्त्री विरुद्ध उच्छृङ्खल नाराहरु लगाइदै छ ।यसरी नारा लगाउनेहरु के राजनीति बुझेर आन्दोलनमा आएका हुन वा रहरमा रमाइलो गर्न आएका हुन यस्को तथ्य बुझ्न जरुरी छ।
सत्ताको बार्गेनिङमा पद नमिल्दा असन्तुष्ट समुहले देशको उन्नति प्रगती छोडेर बराबरी सत्ताको भागबन्डा मिलेन बराबरिको सहमती कार्यन्वयन भएन,आफ्ना मान्छेहरुलाइ सत्तामा भाग नमिल्दा सरकार निरंकुश तानाशाही भयो भन्दै उछिट्टिएर एकापट्टी गएर केही समुहले लान्छना लगाएर सडकमा रमिता देखाउदै आफुनै देशको योद्धा हो र मैले मात्र गर्न सक्छु भन्दै कुर्लने साथै देशमा भएका भौतिक पुर्बधारहरु सरकारले होइन कालिगडले बनाएका हुन भन्ने तल्लो स्तरको मन्द बुद्धि भएका ती टेस्टेड नेताहरुबाट हामिले के देशको समृद्धि सुशासन आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ त? सकिने भए हिजो तिनिहरुनै सत्तामा हुदा किन पाइएन?त्यो अन्दोलनमा जाने कसैले सोचेका होलान? वा आफ्ना नेता सत्तामा गए आफू पनि सत्तामा पुग्न सकिएला वा कुनै लाभ लिन सकिएला भनेर आन्दोलनमा होमिएका हुन बुझ्न जरुरी छ।
हिजो नौलो जनबादको सिद्धान्त बोकेर बुर्जुवा शिक्षाको काम छैन भन्दै गाउ गाउँ बाट युवाहरु बटुलेर लालसेना बनाउदै हातमा बन्दुक भिराएर मान्छे मार्न सिकाउदै र हसिया हतौडाको झन्डा भिराएर जङ्गलबाट सहर र शहरबाट सत्तामा पुगेको माओबादी एमाले पार्टीमा बिसर्जन गरेर एकीकृत हुँदै आज समाप्त हुने तर्खरमा छ।त्यस्को लागि हिजो गठबंधन हुदा निर्बाचनमा सुर्य चुनावी चिन्ह स्विकार गर्न नसक्नेले आज सुर्य चिन्ह सहितको झन्डालाइ छातिमा टासेर हामी यता छौ भन्दै चिसो सडकमा बस्नुले अघिपछि घर अगाडिको तुलसिको मोठ बेवास्ता गर्नु तर मर्ने बेलामा तुलसिको मोठ वरिपरि लिपपोत गरेर अन्तिम सासको लागि तुलसिको मोठ अगाडी सुताउनु जस्तै हो,धार्मिक पराम्परामा त्यसरी अन्तिम सासको लागि तुलसिको मोठ अगाडी राखिनु अन्य कारण होला तर बैज्ञानिक अर्थमा त्यसरी राखिनु अक्सिजन कमि नहोस र र मर्ने बेलामा अन्तिम सास लिदा सजिलो होस भनेर तुलसिको मोठ अगाडी राखिने गर्छ,हो त्यसै गरि प्रचण्ड अब सकिनु अगाडी अन्तिम सासको लागि सुर्य चिन्ह छातिमा टासेर अन्तिम सास लिदै बर्बराउदै छ।
कोभिड-19 को महामारिमा जनता भोकभोकै हुदा एक शब्द नबोल्ने,कालापानी लिम्पियाधुराको बारेमा बोल्न आनाकानी गर्ने,जनताको समस्यालाइ नजरअन्दाज गर्ने र आज जनताको साथ सहयोग पाउन कालापानीबाट भारतियन सेना हट भन्दै नारा जुलुस लगाउदा जनतालाइ छारो हाल्ने काम गर्दैछन भन्ने पनि जनताले नबुझेका होइनन र बुझ्दै जादा मेलम्चि किन आएन,कृषिमा मल किन आएन,पर्यटन किन वृद्धि भएन,शिक्षामा रुपान्तरण किन भएन,जलस्रोतमा हाइड्रो पावरहरु किन बनेन,तिनै मन्त्रीहरु योगेश भट्टराई शक्ति बस्नेत बिना मगर घनश्याम भुसाल,गिरिराज मणि पोख्रेल लेन्डुपेहरु आज सडकबाट सत्ता उल्टाएर देशको काचुली फेर्छु भन्दै चाकरिबाद गर्नु र भन्नू कति हास्यास्पद होला जनताले नजिकबाट हेर्दैछ्न ।सत्तामा बसेर पनि यिनिहरुले काम नगरेका हुन कि यिनका टाउके मार्झन्डले ओलि सरकार असफल बनाउन यिनिहरुलाइ लगाम लगाएका हुन भन्ने कुरा बिस्तारै खुल्दै जाला।
काधमा टेकेर टाउकोमा हान्ने प्रच्न्डले जब माधब नेपालले छोड्छन तब एक टुकुडी लिएर कस्लाइ हान्छन र कुन कुनामा थन्किन्छन त्यो हेर्ने दिन पनि धेरै टाढा छैन,बैशाख पछि केपि ओलि पत्तासाफ हुन्छन भन्नेले त्यो भन्दा अगाडी आफू पत्तासाफ हुदैछु भन्ने थाहा नपाइ ओलि सरकारलेनै बनाई दिएको चिल्ला सडकमा बसेर कुर्लदा ती सडक र रुख बिरुवाहरुले पनि अबश्य गिज्याइरहेको होला। साथै ३ पुर्ब प्रधानमन्त्रीको नेतृत्व गरेको आन्दोलनमा ओलि पक्ष महेश बस्नेत एक्लैले गरेको आन्दोलनको जुलुस जति पनि नहुदा एक टुकुडिलाइ पनि मार्झन्ड समुह कार्यकर्ताहरुका भत्केका आखाहरुले महासागर देखेर बर्बराउनु अजिबनै छ।
कुन समुहमा लाग्दा आफुलाइ कति फाइदा हुन्छ भनेर लेखाजोखा गरेर हिड्ने बेला होइन,यो देश बचाउन समृद्ध नेपाल र सुखी नेपालिको अभियानलाइ मुर्तरुप दिन देखिएका सपनाहरु पूरा गर्न र गर्न लगाउन ,अन्तर्राष्ट्रिय स्तरमा आफ्नो हैसियत खडा गर्न परिवाद र सत्ताबाद्को भोका लिप्साहरुलाई ठेगना लगाएर हरेक नेपालिहरु अब एकजुट हुनु पर्छ तसर्थ अब उठनु पर्छ जुट्नु पर्छ र यस्ता दलालहरुलाइ अगामी निर्बाचनबाट पत्तासाफ गराइ सुखी नेपालि समृद्ध नेपालको यात्रा तय गर्नु पर्छ।
प्रतिक्रिया दिनुहोस