हाम्रोबारे

Updatekhabar.com (अपडेट खबर) देश विदेशका ताजा अपडेट सहितको उत्कृष्ट समाचार सम्प्रेषण गर्ने एक डिजिटल पत्रिका हो । इन्टरनेटमा आधारित डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न समाचार, सुचना, विचार, तस्विर वा श्रव्यदृष्य सामाग्री लगायतका जानकारीमुलक सामाग्रीहरु नियमित रुपमा यस मिडिया मार्फत प्रकाशन तथा प्रसारण हुनेछ । नेपालको प्रचलित कानुनको अधिनमा रही अनलाइन सञ्चार संञ्चालन निर्देशिका बमोजिम स्थापना तथा दर्ता कायम भई सञ्चालन रहेको यस मिडिया पत्रकारिताको आचासंहितालाई अंगिकार गरी सन्देशमुलक, चेतनामुलक सामाग्रीहरु प्रकाशन तथा प्रसारण गरी हरेक नागरिकको सुचनाको हकलाई प्रत्याभुति दिलाउन वा सबै वर्ग, समुदायको पहुँचमा पुर्याउने सवालमा हामी सदैव तत्पर रहनेछौँ ।

लक्ष्य
सत्य, तथ्य तथा निष्पक्ष सुचना समाचार सम्प्रेषण गरी सबै जनतालाई सुसुचित गराउने र समाजका हरेक क्षेत्रका कुशासन, विकृति, विसंगति, भ्रष्टचार, अत्याचार, अन्यायका विरुद्ध आवाज उठाउँदै जनतालाई जागरुक गराउनु हाम्रो प्रमुख लक्ष्य हो ।

मिसन, भिजन
अपडेट खबर एउटा डिजिटल मिडिया हो । नेपालमा सुचना प्रविधिको प्रयोगको संख्या दिदानुदिन बढ्दै गइरहेको छ जसका कारण मानिसहरुका दैनिक क्रियाकलापहरु विस्तारै प्रविधि मैत्री बन्दै गइरहेको छ । नेपालमा सुचना प्रविधिको बढ्दो विकास संगै मानिनसका सामाजिक जीवन समेत परिवर्तन भइरहेका छन् । त्यसैले सो अवस्थालाई ध्यानमा राख्दै डिजिटल मिडिया मार्फत जनतालाई सुचना सम्प्रेषण गर्ने उद्देश्यका साथ हामीले यो डिजिटल मिडियालाई प्रयोगमा ल्याएका छौँ । विशेष गरी नेपालमा बढ्दो मोबाइल प्रयोग संगै जनताहरु डिजिटल मिडिया प्रति आकर्षण भएकोले हामीले सोही प्रविधिलाई आधार बनाई राज्यका सबै क्षेत्र, तथा भुगोलका जनताका समस्या, भोगाई र तिनीहरुको आवाजलाई लाई राज्यको नजरमा पुर्याउनु हाम्रो प्रमुख मिसन हुनेछ । साथै विश्वका सबै घटना, सुचना तथा जानकारीहरु लाई सबै जनताको पहुँचमा पुर्याउने र तुरुन्तै प्रयोगकर्ता माझ पुर्याउने सवालमा हामी प्रतिबद्ध छौँ । धन्यवाद ।

हाम्रो टिम

प्रकाशक : ग्रामिण मिडिया प्रा.लि.
सम्पादक: निर्मल त्रिपाठी

कार्यकारी सम्पादक : दिनेश घिमिरे

व्यवस्थापक : शालिकराम पराजुली

 

Email : [email protected]

प्रतिक्रिया दिनुहोस