शुक्रबार, १० बैसाख २०७८

आदित्य नारायण र उनकी पत्नीलाई कोरोना संक्रमण



एजेन्सी । बलिउड गायक तथा इन्डियन आईडलका उद्घोषक आदित्य नारायण झा र उनकी पत्नी स्वेता अग्रवाललाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु दुबै होम क्वारेन्टाईनमा रहेका र चाहिने सावधानी अपनाईरहेको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले तस्बिर पोष्ट गर्दै आफुहरु कोरोना संक्रमित भएको भन्दै उनिहरुको लागि प्रार्थना गर्न पनि भनेका छन् । उनि कोरोना संक्रमित भएको खबर आएपछि उनलाई नेहा कक्कर, राहुल सुधिर लगायतका कलाकारले सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस