शुक्रबार, १० बैसाख २०७८

आफ्नै बिश्वास पात्रलेपनि छाडे प्रचण्डको साथ



काठमान्डौ । लुम्बिनी प्रदेशमा प्रचण्ड–माधव समूहमा पहिरो झर्नेक्रम तिब्र भएको छ । पछिल्लो समय यहाँ प्रचण्डका विस्वास पात्र मानिएका सांसदहरुलेसमेत खेमा परिर्वतन गरी ओली पक्षमा उभिनेक्रम तिब्र पारेका छन् ।

एकसाता अघिसम्म प्रचण्ड समूमा देखिनुभएका लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने माधव शर्मा नेपाल ओली समूहमा लाग्नुभएको छ । रुपन्देही–१ बाट निर्वाचित उहाँ एक साताअघि प्रचण्ड–नेपाल समूहको रुपन्देही जिल्ला भेलामा सहभागी हुनुभएको थियो ।

माओवादी पृष्ठभूमिबाट आएका उहाँ प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति पनि हुनुहुन्छ । ‘शुरुमा प्रतिनिधि सभा विघटन असंवैधानिक हो कि भन्ने लागेर प्रचण्ड–नेपाल समूहको भेलामा गएको तर अध्ययन गर्दै जाँदा ओलीको कदम सही लागेको’ उहाँको प्रतिक्रिया छ ।

लुम्बिनी प्रदेशसभामा नेकपाका ६१ सांसद हुनुहन्छ । अहिलेसम्म पूर्वमाओवादी खेमाका २० जनामध्ये १८ जना प्रचण्ड–नेपाल पक्षमा छन् । गुल्मीका दिनेश पन्थी पर्ख र हेरकै अवस्थामा हुनुहुन्छ । यद्यपि ओली समूहले पन्थी पनि आफ्नो पक्षमा आइसकेको दावी गरिरहेकोछ ।

पूर्व एमालेबाट निर्वाचित ४१ जनामध्ये कपिलवस्तुका विष्णु पन्थीमात्र खुलेरै प्रचण्ड–माधव समूहमा लाग्नुभएको छ । माधव समूह निकट भनिएका ९ जना अझै खुलेर आएका छैनन् ।

कृषि मन्त्री आरती पौडेल र उपसभामुख कृष्णी थारु वामदेव गौतम निकट मानिनुहुन्छ । मुख्यमन्त्री शंकर पोखरेल ओली समूहमा हुनुहुन्छ । ८७ जना प्रदेशसभा सदस्य रहेको लुम्बिनी प्रदेशमा आफ्नो सरकार टिकाई राख्न उहाँलाई कम्तिमा ४४ सांसद चाहिन्छ ।

छुटाउनु भो की

हस्ताक्षर फिर्ता लिँदै मूलधारमै फर्किए वाग्मतीका तीन सांसद्

यी हुन् माधव समूह छोडेर ओली तिरै फर्किएका ८२ नेता,अध्यधिक बहुमत मै छन् ओली

पार्टी फुटेपछि माधव नेपालले माफी माग्दै भने मैलै गल्ती गरे

माधव नेपाल प्रचण्डको एउटा कार्यकर्ता हुन्: प्रधानमन्त्री ओली

प्रचण्डको पेलानमा यसरी पेलिंदै छन् माधवका कार्यकर्ता

प्रचण्ड-माधव समूह : पार्टी कि पानीको फोका ?

तातैखाउँको सपना चक्नाचुर : चिसो सडकमा पुगे पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव र झलनाथहरू

प्रचण्ड-माधव समूह : पार्टी कि पानीको फोका ?

प्रतिक्रिया दिनुहोस