आइतबार, ०४ माघ २०७७

बच्चाहरुसँग क्रिकेट खेलिरहेका आमिर भए ट्रोलको सिकार



एजेन्सी ।  भारतीय अभिनेता आमिर निकै समयदेखि फिल्मी क्षेत्रमा देखिएका छैनन् । उनी हरेक फिल्ममा निकै मिहिनेतका साथ लाग्ने कुरा सबैलाई थाहा छ ।

उनै आमिरले बच्चाहरुसँग क्रिकेट खेलीरहेको एक भिडियो भारतीय सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले बच्चाहरुसँग क्रिकेट खेलिरहेको उक्त दृश्यले फिल्म लगानको झल्को पनि दिइरहेको थियो ।

उक्त भिडियोमा उनी निकै उत्साहित देखिन्थे तर उक्त भिडियोमा खानले मास्क नलगाएकाले ट्रोलको सिकार हुन पनि पुगे । भिडियोमा उनले खेलिरहेकै क्रममा फ्यानहरु सेल्फीको लागि आएका देखिन्थे ।

तर उनले केही सुरक्षाको सावधानी नअपनाई त्यहाँ सेल्फी लिएकाले उनी ट्रोल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस