मंगलबार, १८ फाल्गुण २०७७

एउटा फिल्मको कति लिन्छन् यी अभिनेत्री ?



एजेन्सी । बलिउडमा पहिलेदेखि नै अभिनेताहरुको राज रहेको छ । तर उक्त चुनौतिपूर्ण माहोलमा पनि अभिनेता सरह कमाउने अभिनेत्रीहरुको पनि कमि भने छैन ।

दीपिका पादुकोण
सन् २००७ मा फिल्म ओम शान्ती ओमबाट डेब्यु गरेकी अभिनेत्री दिपिका पादुकोण बलिउडमा राम्रो पारिश्रमिक लिनेमा गनिन्छिन् । उनले निकै हिट फिल्महरु दिएकी छिन् । उनी एक फिल्मको करिब २५ देखि २६ करोड भारु लिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कंगना रनौत
फिल्मी क्षेत्रमा खासै धेरै हिट फिल्म नदिएपनि निकै उल्लेखनिय भुमिका निभाउने उनले पनि एक फिल्म बापत् करिब २५ करोड भारु लिने बताइएको छ ।

करिना कपुर
बलिउड अभिनेत्री करिना कपुर एक फिल्म बापत् २० देखि २१ करोड भारु लिइने गरेको जनाइएको छ । प्रियंका चोपडा
मिस वल्र्ड तथा अभिनेत्री प्रियंका चोपडाले एक फिल्म बापत २२ करोड भारु लिने गरेको जनाइएको छ ।

आलिया भट्ट
फिल्म राजीबाट निकै चर्चा कमाएकी अभिनेत्री आलिया भटट् पनि धेरै पारिश्रमिक लिने अभिनेत्रीमा पर्दछिन् । उनले पनि एउटा फिल्मबाट करिब २२ करोड भारु लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस