प्रधानमन्त्री ज्यु, देशलाई प्रतिगमनतर्फ लाने कि अग्रगमनतर्फ ?

साँच्चिकै प्रधानमन्त्रीले सदन विघटन गरेर मध्यावधि चुनावमा जानू गलत थियो । तर विघटन पछिको परिस्थितिले के देखायो भने प्रधानमन्त्रीको यो कदम एकदमै सही रहेछ । पक्कैपनि विघटनले एक दुई सय नेता कार्यकर्ताको जागिर गयो होला । बुझ्नलाई गाह्रो छैन अग्रगमनका बाधकहरु आज भ्रष्टाचार गर्न पाइएन भनेर रोइकराई रहेका छन्न।
वास्तवमा केपी ओली राज्यका लागि अहिले खलनायक देखिएका होलान् तर यीनको कदमले राज्यलाई सही बाटोमा लाने मौका पाएका छन् । नत देशले धर्मनिरपेक्षता मागेको थियो न त सङ्घीयता खोजेको थियो ।
संविधानसभाको प्रतिनिधिले गाउँ गाउँमा गएर सङ्कलन गरेको राय सुझावमा ९० प्रतिशतले हिन्दुराज्य बनाउन र त्यो नभए धार्मिक स्वतन्त्रसहितको राज्य निर्माण गर्न सुझाव दिएका थिए भने ७०५ सङ्घीयतामा जान नहुने राय पेस गरेका थिए । तर जनताको कुरा कहाँ सुनुवाइ भयो ? यहाँ त काङ्ग्रेसकै नेताहरूले इसाई मिसनरीको पैसा खाएर देशलाई धर्म निरपेक्ष बनाउन तल्लीन भए।
वर्षको ९० लाख राजपरिवारलाई पाल्न खर्च भयो भन्दै गणतन्त्र माग गरेका हामी सर्वसाधारण त नबुझेर पो आन्दोलनमा लागेका रहेछौ । राज परिवारलाई ९० लाख खर्च भयो भन्दा पनि हामीले ९० करोड भ्रष्टाचार गर्न पाएनौ भनेर पो हामीलाई आन्दोलनमा होमिदिएका रहेछन् । विदेशीको ईसारामा बनेको यो संविधान नै गलत छ भन्ने प्रमाणित त जब संसद् विघटन भयो तब प्रजातान्त्रिक प्रक्रिया अनुसार चुनाबको तयारी गर्नु को सट्टा आन्दोलन गर्न पो पार्टीहरू तल्लीन भए । प्रजातन्त्रको सुन्दर पक्ष भनेको त आम जनता बाट चुनिएर पुन जनताको सेवा गर्ने मौका पाउनु हो ।
त्यसैले चुनावमा जाँदा जनतामा पनि राम्रो छाप पर्दथ्यो । नयाँ जनादेशले जनसेवा गर्ने मौका पाउँदथ्यो ।तर त्यसो भएन यी नेतालाई थाहा थियो कि अब चुनाव भए हाम्रो पत्तासाथ हुनेवाला छ । त्यसैले त आफ्नो अनुकूल नहुन्जेल चुनाव हुन नदिन संसद् पुनर्स्थापनाको आन्दोलन गरिरहेका छन् । जनताको लागि कहिले कुनपार्टिका नेता सडकमा आएरु उखु किसान सडकमा हुँदा हाम्रा नेताको ती किसानको कहिले साथ पाए ? जब आफ्नो सांसद पद फुस्कियो नि तब हामी यहाँ छौ त्यहाँ छौ भन्दै प्ले काड बोकेर सडकमा जनतालाई दुख दिँदै जाम गर्दै बस्दा ती नेतालाई अलिकति पनि लाझ लागेन ग्लानि भएन ।
प्रधानमन्त्रीलाई म सल्लाह दिन चाहन्छु यदि तपाईँ खलनायक नै भएर बस्ने हो भने उखान टुक्काको भाषण गर्दै हिँड्दा हुन्छ । होइन देश र जनताको लागि काम गर्ने हो भने यही मौकामा यो सङ्घीयता नै खारेज गरिदिनु अनि हिन्दुराज्यको विषयमा जनमत सङ्ग्रह गरिदिनु । यदि यो मुद्दामा अगाडी बढ्ने हो भने कुनै युवाले अब गगन या रामकुमारीको पछि लागेर झोले कार्यकर्ता बनेर जे भनेपनी ताली पिटेर बस्ने छैनन् । तपाईँको साथमा अगि बढ्ने छन् अब रोजाई तपाइको सम्माननीय ज्यु ।