आलिया भट्ट लाई पनि कोरोना संक्रमण : रोकियो फिल्मको सुटिंग
एजेन्सी । भारतमा कोरोना माहामारी आगोसरी फैलिरहेको छ । बलिउडका पनि धेरै कलाकारहरु कोरोना संक्रमित भइसकेका छन् ।
त्यस्तै भारतीय अभिनेत्री आलिया भट्टलाई पनि कोरोना संक्रमण भएको छ । केहि समय पहिले फिल्म गंगुबाई काठियावाडी निर्देशक संजय लीला भंसालीलाई पनि कोरोना संक्रमण भएको थियो ।
त्यस समय जाँच गराउँदा उनलाई नेगेटिभ देखिए पनि अहिले पोजेटिभ देखिएको हो । अभिनेत्रीलाई पनि कोरोना संक्रमण भएपछि फिल्मको सुटिंग भने रोकिएको छ ।