मंगलबार, १८ फाल्गुण २०७७

कोरोनामा पनि मनग्य कमाईन आलियाले



एजेन्सी । सन् २०२० विश्व फिल्म इन्डस्ट्रीका लागि खराब समय रह्यो । कोरोनाका कारण कैयौं ठूला फिल्म रिलिज हुन सकेनन्, तयारीमा रहेका फिल्मको पनि रिलिज डेट सारिए ।

कैयौं कलाकार आर्थिक समस्याबाट गुज्रन बाध्य भए । तर, बलिउडका केही सेलिब्रेटीले भने यसको सामना गर्नुपरेन । कोरोना कहरको समयमा पनि उनीहरुले विज्ञापनबाट मनग्य आम्दानी गरेका छन् ।

अभिनेत्री आलिया भट्टको कुरा गर्ने हो भने उनले कोरोना महामारीका कारण भएको लकडाउनमा एकदमै आनन्दपूर्वक समय विताइन् ।

२०१९ मा फिल्म र विज्ञापनबाट ५९ करोड १२ लाख कमाएकी उनले लकडाउनमा फिल्मको काम नहुँदा पनि विज्ञापनबाट ठूलो आम्दानी गरेकी छन् । ‘गल्ली ब्वाई, कलंक’ फिल्मबाट राम्रो कमाई गरेकी उनले लेज, फ्रूटी र फ्लिपकार्ट विज्ञापनबाट लकडाउनमा पनि आकर्षक कमाई गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस