शनिबार, २५ बैसाख २०७८

अल्लु अर्जुनलाई कोरोना संक्रमण



एजेन्सी । दक्षिण भारतीय फिल्मका निकै र्चिर्चत अभिनेता अल्लु अर्जुनलाई पनि कोरोना संक्रमण भएको छ । भारतमा कोरोना आगोसरह फैलिरहेको बेलामा भारतीय सेलिब्रेटीहरुमा पनि संक्रमण बढिरहेको छ ।

अल्लुले आफुलाई कोरोना संक्रमण भएको कुरा आफनो सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । उनले आफुलाई कोरोना संक्रमण भएको र घरमा आइसोलेशनमा बसेर हरेक सावधानी अपनईरहेको जानकारी दिएका छन् ।

उनले आफुसंग सम्पर्कमा आएका सबैलाई कोरोना जाँच गर्न भनेका छन् । साथै उनले सबैलाई सुरक्षीत रहन आग्रह गर्दै आफ्नो स्वास्थ्य राम्रै रहेको भन्दै आफना फ्यान तथा सुभ चिन्तकहरुलाई दुख नहुन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस