शनिबार, २५ बैसाख २०७८

‘२ सय ५१ अभियन्तासहित ओली समुहमा जाँदै गौतम’



काठमाडौं । नेकपा विभाजन लगत्तै बनेको तीन धार विस्तारै दुएैधारमा पुग्ने निश्चित बनेको छ । ओली र दाहाल पक्ष खुलेरै दुई समुहमा विभाजित भएका ब्ला तठस्थ रहेर बामदेव गौतमले अर्को धार निर्माण गरेपनि विस्तारै गौतम ओली समूहमा बहुमत पुर्याउन र त्यतै जान सकृय भएको आरोप बरिष्ठ नेता माधवकुमार नेपालले लगाएका छन् ।

बामदेव गौतमल भने ओली पक्ष र दाहाल पक्ष विभाजित भैसक्दा पनि तठस्थ रहेको र पार्टीलाई एक बनाउने अभियान चलाएको बताइरहएका छन् । नेकपाकै नेताहरुले भने त्यो सम्भव नभएको प्रतिक्रिया दिँदै आइरहेका छन्।
माधव कुमार नेपालले त बामदेवले आफ्ना मान्छे ओली समूहमा पठाएर पार्टी एकताको नाममा भ्रम फैलाएको आरोप लगाएका छन्।

नेपालगञ्जमा आइतबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले उपाध्यक्ष गौतमले आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर एकताको भ्रम छर्न खोजेको आरोप लागएका हुन् ।

एक नेताका अनुसार उपाध्यक्ष गौतमले चलाएको अभियान ओली समुलाई बहुमत पुराउनाका लागि भएको बताएका छन्। यसै पनि गौतम ओली निकट मानिन्छन।

उनका अनुसार पार्टी विभाजनको अवस्थामा पुगेको बेलामा अहिले तत्काल कुनै समुहमा पनि नखुलेका नेता तथा कार्यकर्ताहरुलाई आफूतिर सामेल गराउने र ओली समुहमा बार्गेनिङ्गका साथ् जाने योजना भएको दाबि छ।

दाहाल नेपाल समुहका एक नेताले बामदेव गौतम तठस्थ रहेका नेता कार्यकर्तालाई आफ्नो कब्जामा लिएर ओली संग बर्गेनिङ्ग गरेर जाने खेल भएको आरोप लगाएका छन् ।

उनले भने उहाले २ सय ५१ केन्द्रीय कमिटी समेत बनाएको सुनेका छौ तर त्यो पार्टी एकताको लागि नभई नितान्त ओलीको बहुमत पुराउने खेल हो यो कुरामा हामी छैनौं र कार्यकर्तालाई पनि भ्रममा नपर्न अनुरोध गर्दा छौ।
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय एकता अभियान घोषणा गरिसकेका छन् । त्यसमा उनी आफै संयोजक बनेका छन् । अभियानमा उनले देशभरका नेताहरुलाई पनि समेटेर पत्रकार सम्मेलन गरेरै कमिटीको घोषणा गर्न लागेका छन् ।

वामदेवको एकता अभियानको कमिटीको घोषणा यसै हप्ता हुने भएको छ । गौतम निकट स्रोतका अनुसार अभियानमा २५१ केन्द्रीय कमिटी समेत रहनेछ । १५०१ जना अभियानमा रहनेछन् । यसका लागि देशभरबाट नामावली संकलन अन्तिम चरणमा पुगेको छ ।

गौतमको राष्ट्रिय एकता अभियानमा बिघटित प्रतिनिधि सभाका सांसददेखि प्रदेश सभा सांसदहरु पनि हुनेछन् । नेकपाको कुनैपनि समूहमा नलागेकाहरु अभियानमा रहनेछन् ।

वैधानिक रुपमा नेकपा विभाजन नभएकाले गौतम एक बनाउन लागिपरेका हुन् । उनले पनि छुट्टै समूह बनाउर शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

छुटाउनु भो की

हस्ताक्षर फिर्ता लिँदै मूलधारमै फर्किए वाग्मतीका तीन सांसद्

यी हुन् माधव समूह छोडेर ओली तिरै फर्किएका ८२ नेता,अध्यधिक बहुमत मै छन् ओली

पार्टी फुटेपछि माधव नेपालले माफी माग्दै भने मैलै गल्ती गरे

माधव नेपाल प्रचण्डको एउटा कार्यकर्ता हुन्: प्रधानमन्त्री ओली

प्रचण्डको पेलानमा यसरी पेलिंदै छन् माधवका कार्यकर्ता

प्रचण्ड-माधव समूह : पार्टी कि पानीको फोका ?

तातैखाउँको सपना चक्नाचुर : चिसो सडकमा पुगे पूर्वप्रधानमन्त्री प्रचण्ड, माधव र झलनाथहरू

प्रचण्ड-माधव समूह : पार्टी कि पानीको फोका ?

प्रतिक्रिया दिनुहोस