रुविना दिलेक बनिन् बिग बोस सिजन १४ की विजेता
एजेन्सी । भारतीय रियालिटी सो बिगबोसको १४ औँ सिजनको हिजो २१ फेब्रुअरीमा फिनाले भएको छ ।
करिब पाँच महिना बाहिरी दुनियाँबाट अलग रहेर भारतीय टेलिफिल्म जगतकी अभिनेत्रीले उक्त सिजन जितेकी हुन् । उनले बिग बोस १४ सिजनको ट्रोफीसँगै ३६ लाख भारु पुरस्कार पाएकी छिन् ।
विभिन्न फिल्मी जगतका व्यक्तित्वहरु बोलाएर गरिएको उक्त फिनालेमा टप २ मा भारतीय गायक राहुल वैद्य र रुविना दिलेक पुगेका थिए । घरमा प्रवेश गरेदेखि बाहिर ननिक्लनेमा उनी एकमात्र प्रतियोगी थिईन् ।