यसकारण एकथान अभिजातहरुको एम्बुसमा गोकुल र नेकपा सरकार

गोकुल बाँस्कोटा भ्रम र यतार्थ



प्रिय काभ्रेली कमरेडहरु ! जनसमुदाय , आमा बुवा दाजुभाइ तथा दिदिबैनीहरु !
 मान्छेहरु सबैजना सहमत नहुन सक्छन् , सत्य तितो हुन्छ , उनलाई तपाई हामीले चिन्छौ बुझ्छौ , देशले चिन्न र बुझ्न नै कहाँ पाएको छ र ? उनको बिरोध के मा हुन्थ्यो ? बोलिको शैली भएन , यहि त हो ! खरो र दरो बोल्ने तितो र कठोर तर यथार्थ र सत्यका लागि लड्ने हुदा हामीले काभ्रेमा तीन पटक सम्म जिल्ला अध्यक्ष बनाएकै हो , लोकप्रियता हो वा होईन त्यो ईतिहासलाई छाड्दिउँ !
उनलाई पहिलो पटक संसदिय चुनावमा परिवेश र केही प्राबिधिक कमजोरीका कारण हार बेहोर्नुपरेको हो  , बनेपा नेवार बाहुल्य क्षेत्र , सबैभन्दा धेरै जनघनत्व र मतदाता भएको ठाउँ पनि  ,विपक्षमा ( बनेपाली ) उठेपछि केही कठिन भयो , पुर्व माओवादिको धेरै पनि क्रस भोट त्यहि भयो हारे , दोस्रो संसदिय चुनाबमा आईपुग्दा उनलाई जित्ने आधार प्रसस्त गरिसकेको थियो तत्कालीन एमाले पार्टीको हिसाबले र उनको ब्यक्तिगत हिसाबले पनि ! त्यसमा माओबादिको क्रस भोट हुन पाएन , केही हजार थप भएको हो यसलाई अन्यथा मान्नु हुन्न । सत्य हो तर त्यो उनको ठाउँमा अर्को नेता भएको भए सम्भब नहुन पनि सक्थ्यो , तत्कालीन अवस्थामा !
काङ्ग्रेस काभ्रेका तत्कालीन प्रभाबशालि नेता  शिव हुमागाँईको लगभग राजनीतिक निष्कृयता भनौ या काङ्ग्रेसको आन्तरिक कारण या त उमेर या केही अन्य कारण उनी भन्दा नेकपाका गोकुललाई महत्त्व दिदै काभ्रेले राष्ट्रिय स्तरको नेतृत्वमा पुर्याउन अहम् भुमिका खेलेको हो । यो हुदा काङ्ग्रेस एमाले एमाओवादी हरेक दलहरुले काभ्रेको राजनीतिलाई गोकुल आवस्यक भन्ने महशुस गरेरै सहयोग गरेको हो , काङ्ग्रेसका साथिहरु सँग पनि केही भोट चोर्न हामी सफल भएकै हौं ।
 तत्कालीन जिल्ला समन्वय संयन्त्र / समितिमा सबै पार्टीका प्रतिनिधि हायलकायल पारि आफुले , आफ्नो पार्टीले तर्जुमा गरेका योजनाहरु लागू गर्न , बजेटिङ गर्न उनले खेलेको भुमिकालाई पार्टीले जति प्रशंसा गर्थ्यो , त्योभन्दा धेरै विपक्षि समेत खुसि हुनेगरी काम भएकै हो ।
काँठको संस्कार , काँठको दुख संघर्ष बुझ्न काँठमै पुगेर २-५ दिन बसेर हेर्नेलाई थाहा हुन्छ । काँठको बोली त्यहि हो , त्यस्तै हुन्छ , मौलिक झर्रा नेपाली शब्द हरेक टर्रानै लाग्छन् । काठमाडौको खाल्टो हेरेर नेपालले प्रगति गर्यो भन्नेलाई के थाहा नजिकैका पाखा भित्तामा दर्दनाक पीडा चीत्कार छ , त्यो भुगोलको यावत् समस्या पूरा गर्ने विकल्प काभ्रेली काँठका हरेक जनताले गोकुल कमरेडमा देखेको शाश्वत हो , यति हुदाहुदै पनि उनी यतिसम्म प्रष्ट थिएकि उनी भोट माग्न कुनै समुदायमा जादा कुरा अायो खानेपानी छैन , उनले भन्दिए म सँग खानेपानीको पाईप उद्योग छैन , न त म सँग पैसा छ , म न त धारो दिन सक्छु न त पानी दिन सक्छु ! म तपाई हरु सँग भोट माग्न आएको हुँ , यो दुख तपाईंको मात्रै हैन मेरो पनि हो , मलाई मतदान गर्नोस , म तपाईहरुको समस्या सामाधानका लागि मेरो बलले भ्यायसम्म पहल गर्छु , उनी भ्रष्टाचारी भए अरे हैट , निराधार आरोप न लागेको हो !   मनहराको छेउ ४ कोठे घर तपाई हामी कैयौंपटक पुगेको हैन र ? अहिले बल्लतल्ल ४ कोठा थ्प्या हो , त्यो पनि कसरी भन्नेलाई पारदर्शी हिसाब बुझाउन तयार छन उनी !
 हामीलाई थाहा छ , चाहेको भए अकुत कमाउन उनले जती पनि उहिबेलैमा सक्थे । कुनै समय काभ्रेली विद्यार्थी राजनितीमा अखिलको कोषाध्यक्ष सम्म भएको मलाई जानकारी छ , पार्टीको आम्दानी श्रोत सदस्यता सुल्क भन्दा बाहेक अन्य अनैतिक पनि मानिसहरुले चन्दा धन्दाबाट बनाउदा रहेछन् , केहि त्यस्ता पात्रहरुलाई मैले राम्रोसँग नियालेको छु ।काभ्रेका प्रभाबशाली नेता गोकुल कमरेडले चाहेको भए चन्दा उठाएरै ५-७ वटा घर बनाउन सक्ने हुन्थे , गाडि चढ्न सक्ने हुन्थे । गरेनन् र चढेनन्।
 आमा वितेको समयको प्रसंग : त्यो बेलामा मैले उनलाई फोन संबादमा भनेको छु :  कमरेड भेट्न आउन पाईन/ सकिनँ तपाईंको पीडा छ र पनि तपाईंको पीडा बाबजुद हाम्रो पिडा : दुख बेसाउन मन छ भन्दा भन्नोस भन्नुभयो ! मैले भने :  गाँउबाट २-४ जना मान्छे आउदैछन भेट्न तपाईलाई , मैले पठाएको हो , हाम्रो गाउँमा बाटोको साह्रै दुख भो , के कसरी हुन्छ उहाँ हरुले कुरा राख्न हुन्छ हुन्न तपाईले आश्वासन केही दिनुपर्यो , पछि सक्दा पहल गरिदिनोस है भन्दा मलाई साफ झपार्नुभयो , र भन्नुभयो यस्तो कुरा म सँग नगर्नोस् , म द्वेध चरित्रको मान्छे हैन र द्वेध चरित्र मलाई मन पनि पर्दैन :- आश्वासन हैन ! के को अाश्वासन ? काम गर्ने हो ! काम हुन सक्ने हुन्छ भन्ने , सक्छु भन्ने भनेपछि गर्ने हो मेरो बानी ! नसक्ने कुरा गरेर म चिल्लो घस्न जाँन्दिन । तर…..तपाईहरूको काम पुरा हुन्छ भन्नुभयो । ढुक्क हुनोस , आश्वासन फटाहाले दिन्छन् , म जसरि भए पनि बजेटका लागि पहल गर्छु भन्नुभयो , काम भयो ,  हाम्रो हाईवे जोडिने छोटो दुरिको ट्रयाक खोलियो ।
 उनले संचार मन्त्री भए यता कति मिडया र श्रमजीवी पत्रकार मैत्री काम गरे , नेपाल टेलिकम फोरजी बिस्तारमा कसरी सफलता हात पारे , बक्स अफिस , क्लिन फिड , गोरखापत्र पुनरुत्थान , राष्ट्रिय संचार माध्यमको संघियकरण ( प्रादेशिक डेक्स/ संचालन/प्रशारण/आधुनिकिकरण/अनलाइन सिस्टममा रुपान्तरण आदि ) , नेपाल टेलिभिजनका क्षेत्रीय कार्यालय र प्रशारण , रेडियो नेपाल सुधार लगायतका यावत विषय छन , जुन निशन्देह प्रसंसाका लायक थिए , ईतिहासले निर्मम समीक्षा गर्नै पर्छ
तिनीहरु सबै भुलेर यो गुलियो चिल्लो चाप्लोको दुनियाँले उनलाई जहिल्यै पोलिरह्यो , डामिरह्यो , अनुहार मन परेन , बोली मन परेन , अाँखा टेढो हेर्यो , घमण्डि भयो ! धिक्कार छ ।
हामी काभ्रेलीलाई पो थाहा छ उनी कति निश्कलंक र स्वच्छ छबीका थिए भनेर । स्वच्छता र पारदर्शिताका लागि लड्दै स्थापित भएका हुन काभ्रेमा , सबैलाई यो थाहा हुने कुरा पनि हैन , नजिक हामी छौ र त थाहा भयो । उनी कहिल्यै कसैको यश म्यान हुन सकेनन् , देखेको निडर भई यथार्थ बोल्ने , हक्कि र गल्ति हुदा पार्टी अध्यक्ष ओलिलाई समेत खबरदारी गर्ने तर साथ नछाड्ने , हरदम यहि भुमिकामा रहि आएका हुन , ओलि सँग आँखा जुधायर कुनै पनि बिषयउपर बस्तुपरक कुरा राख्ने र सरसल्लाह गर्ने उनको बानी हो , यसलाई मानिसहरुले बुझ्ने प्रयत्न गरेनन् , जरुरत पनि छैन ।
तर त्यतिमात्र नभई उनले पार्टीको नेतृत्व र बिचार जबज लाई जहिल्यै बोके , जनताको बहुदलीय जनबादका पक्षमा उनले कहिल्यै कसैसँग सम्झौता गरेनन् । हरेक मोर्चामा उनले यसका पक्षमा वकालत गरे !
पार्टीको राजपा सँग बिग्रेको सम्बन्ध सुधारमा उनले सफलता हासिल गरे , राष्ट्रिय सभा निर्वाचन परिणाम पछाडि उनलाई सम्झिन चाहेनन् , ठिक छ । संविधान संसोधनको मुद्दामा रहेको पक्षलाई गलाउन उनले खेलेका भुमिकाप्रति कहिल्यै कसैको ध्यान नै गएन त्यो पनि ठिक छ ।
सरकारको गति र मतिलाई ट्रयाकमा ल्याउन लागि परे , पार्टीका नेताहरु बिच समन्वयनकारि भुमिका निर्वाह गरे , प्रयाशरत थिए , तर उनको एउटा बानी थियो जुन अोलि कमरेड सँग कसिलो बण्डिङ को शुत्रधार भो त्यो हो ” सत्य सँग नलड्ने र शक्ति सँग नझुक्ने” ओलि कमरेडको समृद्ध नेपालको सपना साकार पार्न अहोरात्र खटिने “गोकुल” बास्तबमै वैदिक सनातन गोकुल बराबरिकै “शुद्ध” थिए तर दुनियाँ त उनको आलोचनामा लिप्त थियो , नेपाली मिडिया म्यानिपुलेसन , सुचनाको सेन्सरसिप र आम जनमानसको मनोबृतिलाई उनले चिर्न हरसम्भब प्रयास गरेको पनि हो , र पुनः मनोबृति परिवर्तन गर्न भने समय लाग्छ नै । नेपाली मनोबिज्ञान नेपाली मिडियाले जे भन्छ त्यो एकदम जायज भन्नेमै रहिरहेको छ अझैसम्म पनि ! तर यथार्थमा नेपाली मिडियाले आत्म भर्त्सना गर्नैपर्छ , नेपाली समाचार संस्थाहरुले सत्य न्याय निष्ठा र पत्रकारिताको मर्म र धर्मलाई निर्वाह गर्न सकेको छैन , कलम रातो र हरिय‍ो टालोले भरिएको प्रष्ट आभाष हुन्छ ।
 बिचौलियालाई कौडिको भाउमा टेलिकम संचालन अनुमति दिन मानेनन् , व्यापारी निशेध गर्न चाहे सेक्युरिटी प्रेसको यथार्थ बुझ्न चाहे ! बुझिसकेपछि बिचौलियालाई दिदा भ्रष्टाचार हुने रहेछ , यहाँ करोडौंको अरबौको भ्रष्टाचारको खेलो हुदोरहेछ भनेर G to G सम्झौता गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाए तर त्यो बिषय गौण भयो ठिक छ ! हामीलाई थाहा छ गोकुल के हुन । प्रचण्डले बिज्ञ बनाएको मानिस नै बिचौलिया प्रमाणित हुँदै छ । भ्रष्टहरुको ७ पुस्ता छाडिदैन , आज केपी गोकुल यहि पथमा छन ,हामी उनिहरुले नसके स्थापित हुन सकौला नसकौला राष्ट्रिय राजनीतिको मुलप्रबाहमा स्थापित हुने नहुने कुरा गौण राख्दै त्यो लाईन र स्प्रिटका पक्षमा घनिभुत साथ सहयोग हुनेछ , यसलाई ठेगान लगाउनेनै हो ।
अकुत अनैतिक कमाउनेहरुले सोचुन ।  बाबुरामले संसदमा भनेको वाह रे वाह भयो तर प्रधानमन्त्रीको बालकोटको घर कसरि ठडियो ? के हो श्रोत ? तर मानिसहरुले बुझ्दैनन् , बुझ्न चाहदैनन सार्वजनिक पद धारण गरेको ब्यक्तिले सम्पति र सम्पत्तिको श्रोत खुलाउनुपर्छ र सोही अनुरुप खुलाई प्रधानमन्त्रीको हैसियतले सार्वजनिक गरिएको पनि छ / हुनुपर्छ । उनिहरुले सोचेनन प्रधानमन्त्रीको घर हैन त्यो अब राष्ट्रिय सम्पति हो ! किनभने त्यो उनले आफ्नो सम्पूर्ण सम्पति राज्यको नाममा दिने घोषणा गरिसकेका छन।
गोकुल कमरेड केपि जहाजको सारथि थिए ! कठोर थिए समृद्ध नेपाल निर्माणका लागि उनले आफ्नोमात्रै नभई हरेक मन्त्रालय र मन्त्रीका कामकारबाही निगरानी गर्थे ! प्रबक्ताका हिसाबले जबाफ दिनुपर्ने भएपछि बिबरण संकलन गर्नैपर्थ्यो र बुझ्थे । यस्तोमा मन्त्रीपरिसदमा अपबाद बाहेक भ्रष्ट हरुलाई निकालिएको छ , केहि भ्रष्ट नहुदा पनि पार्टीको गुट राजनीतिका कारण गुटले फिर्ता बोलाउदा राम्रा निकालिए , नत्र भने पछि छिराएका केही संसयपुर्ण ब्यक्ति मन्त्री रहेता पनि समग्रमा मन्त्री परिसदमा धेरै उत्कृष्ट मन्त्री हरुनै राख्ने प्रयास भएको हो , शिक्षामन्त्री गिरिराजमणि पोख्रेल र खानेपानी मन्त्री बिना मगरलाई आरोप लाग्यो , नैतिकताको आधारमा राजिनामा दिनेे विषय हो यहाँ पनि ,त्यसमाथि प्रचण्ड निगाहा भएकाहरुलाई कसरी निकाल्न पाउनु , एकता भएको छ , भड्केला भन्ने चासो पनि रहन्थ्यो ।
गोकुललाई आरोप लाग्यो तत्काल राजिनामा दिए , प्रतिक्रिया जनाउन जरुरत थिएन , किनभने नैतिकता हुनेले पहिला छानबिनका लागि मार्गप्रसस्त गर्नुपर्थ्यो । गरे । त्यसपछि बजारमा मिडियाहरुमा भ्रष्टाचारी झै हल्ला पिटियो , यसमा पार्टी बाहिरका नबुझि लागे , तर भित्रबाट प्रचण्ड षड्यन्त्रको गन्ध छैन र ?
के नेकपा ३ जना ब्यापारीका निहित स्वार्थ शिद्दिका लागि यो सरकारको बलि चढाउन तयार छ ? हामीले जवाफ खोज्नुपर्ने बेला आएको छ । पछिल्लो ७२ घण्टा भित्रका विकसित घटनाक्रम र मिडियाबाजी सबैले यसलाई ईंगित गर्दैन र ? षड्यन्त्रको चक्रब्यूहमा ओलि सरकार बिरुद्ध सुनियोजित श्रृङखला सुरु भएको कुरा बिकसित घटनाक्रम र तथ्यले पनि पुष्टि गर्दैन र ? त्यतिमात्र नभई पुर्व एमालेका ३ नेताको लाईनले के बताउदैछ , अझै टसमस हुने छनक छैन , ब्यक्तिगत आकांक्षाको बन्धक सरकार बन्दैछ , सरकारलाई हातगोडा बाँधेर टनक्क कसेर काम गरेन भनेर पार्टी भित्रबाटै हौवा फिजाउन खोजिएको छ यो के प्रमाण हैन र ? पार्टी सचिवालयको निर्णयको हौवाकै भरमा सरकारलाई असहयोग श्रीङ्खला , सरकारलाई कत्लेआम गर्ने र पार्टीको बहुमतद्वारा सरकारलाई अपदस्त गर्ने अनि केही निहित ब्यक्ति प्रधानमन्त्री राष्ट्रपति अध्यक्ष हुने यो कस्तो अभिव्यक्ति हो ।
जनताले बिश्वास गरेकोमा यो विशाल नेकपा के सरकार बनाउन र गिराउनकै लागि हो त ? राजनीतिक स्थिरतालाई हामी आत्मसाथ गर्न नसक्ने , कायम गर्न नसक्ने हामी नेकपा अक्षम हौं त ? हैन भने एकजना ब्यक्तिको लागि प्रधानमन्त्री बिरुद्धको यो मोर्चाबन्दी जुन ढंगबाट अगाडि बड्न खोजेको छ , यसले मुलुकमा नयाँ ढंगबाट द्वन्द्वको सुरुवात गर्न खोजेको छ । यसले नेकपा पार्टी मात्रै नभई सिंगो मुलुकको पश्चगमन र प्रतिगमनको स्पष्ट संकेत गरिसकेको छ ,मुलुकको अहित हुनेगरी कथित सचिवालय लागि परेको बिषयलाई आम नेपालीले नियालिरहेका छन् ।
अहिले छातिमा हात राखेर भन्नुपर्छ , यो सचिवालयको गठबन्धनले प्रधानमन्त्रीको स्वायत्त अधिकारमा हस्तक्षेप गरेको छ , पार्टीले सरकार चलाउनुपर्छ भन्ने सुन्दा राम्रो कुरा लाग्छ तर राष्ट्रिय सभामा कस्लाई मनोनित गर्ने भन्ने बिषय पार्टीको हैन प्रधानमन्त्रीको निहित हो !
पार्टीको तर्फबाट प्रतिस्पर्धामा भाग लिने हो , यदि प्रधानमन्त्रीको निजि निहित बिषयमा पार्टीले हस्तक्षेप गर्छ भने त्यहाँ विपक्षिले भन्न पक्कै पाउछ , त्यो  अधिनायकवाद हो , सरकार पार्टीको छाँयामा हुनुहुदैन , सरकार सबैको साझा हो , पार्टीको पेवा हुन सक्दैन बन्नु हुदैन , लोकतान्त्रिक ब्यबस्थामा पार्टीले सरकार चलाउदैन न त सरकारले पार्टी चलाउन सक्छ , पार्टी सरकारसम्म पुग्ने साधन हो , सरकारमा पार्टीका मानिसहरु पुग्छन् तर सरकार सबैको साझा भईसकेपछि प्रधानमन्त्री पार्टीको हैन आम नागरिकको हुनुपर्छ । नागरिकको प्रधानमन्त्रीले मनोनित गर्न पाउने निहित अधिकार नमाने अबिश्वास प्रस्ताव ल्याउने , कारबाही गर्ने , पार्टी छाड भन्ने  सचिवालयको बहुमतको दुहाई र शैलि चरम फाँसिबादि मात्रै नभई विगत लामो समय यतादेखि नै सरकार गिराउने , सरकारलाई बदनाम गराउने र सरकारलाई हिलो छ्याप्ने  कशरत भईरहेको थियो भन्ने कुरा प्रष्ट हुन्छ  । अवशरवादी  यस्ता प्रबृत्तिका बिरुद्ध घनिभुत संघर्षको जरुरत छ ।
प्रतिक्रिया दिनुहोस