शनिबार, २५ बैसाख २०७८

ममता कुलकर्णीको बोल्ड फोटोसुट : जसले बदल्यो उनको भाग्य



एजेन्सी । बलिउडको लागि भनिन्छ कि जती चाँडो नाम बन्छ उती चाँडै हराउँछ पनि । बलिउडमा धेरै नाम चलेका अभिनेताहरुसँग फिल्म गरेकी अभिनेत्री ममता कुलकर्णी एक समय निकै चर्चामा रहेकी थिईन् ।

टपलेस फोटोसुट गराएकी उनले त्यस समय निकै चर्चा पाएकी थिईन् । फिल्ममा अभिनय गरे पनि उनले प्रशस्त नाम भने कमाएकी थिईनन् । त्यसै समय एक म्यागेजीनको कभर फोटोका लागि एक अफर उनि समक्ष आईपूग्यो । उनले धेरै सोचेपछि उक्त फोटोका लागि मञ्जुरी दिईन् । उनका तस्बिरले त्यस समय तहल्का नै मचायो ।

कतिले उनको फोटाको तारिफ गरे तर केहिले विरुद्धमा प्रदर्शन पनि गरे । जे होस् त्यस समयको फोटोसुटपछि उनी लाईमलाइटमा आइन् र सुपरहिट फिल्महरु पनि दिन सफल भईन् ।

तर केहि समयपछि विभिन्न सम्बन्धका कारणमा चर्चामा आउनुका साथै लागुपदार्थमा नाम आएपछि उनले एकाएक फिल्म क्षेत्रबाट दुरी बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले यी सबै कुराहरु आफनो किताब “अटोबायोग्राफी ऑफ एन योगिन”मा समावेश पनि गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस