भाइरसमाथि चीनको जित भएको सन्देश : वुहानमा रि-स्टार्ट भयो जीवन



काठमाडौं। विश्वभर आतंक मच्चाइरहेको कोरोना भाइरसको उद्गगम थलो मानिएको चीनको हुबेई प्रान्तको वुहानमा बुधबारदेखि जीवन फेरि शुरु भएको छ। वुहानमा गएको डिसेम्बर अन्तिमतिर कोरोना भाइरस फेला परेको थियो। यो उत्तरी छिमेकी मुलुक चीनबाट फैलिएको कोरोनाको कारण नेपालमा लकडाउन जारी रहँदा वुहानम भने जीवन फेरि शुरु भएको हो।

वुहानबाट १७५ जना नेपालीको पनि उद्धार गरिएको थियो। बुधबार वुहानको सडकहरुमा बसहरु चलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। वुहान कोरोनाबाट सबैभन्दा पहिला र धेरै प्रभावित शहर हो।

वुहान विगत ९ हप्तादेखि लकडाउनमा थियो। शहरमा बुधबार बस सेवा शुरु भए पनि लकडाउन भने आगामी ८ अप्रिलमा मात्र अन्त्य हुने जनाइएको छ। वुहानमा फेरि जीवन शुरु हुनुलाई कोरोना भाइरसविरुद्धको लडाईँमा ठूलो जितका रुपमा हेरिएको छ।

वुहानमा जीवन फेरि शुरु हुँदा चीनमा बुधबार कोरोना भाइरसका ४७ जना केस रिपोर्ट गरिएको छ। तर, यी सबै चीनभन्दा बाहिरबाट आएका चिनियाँ र केही विदेशी नागरिक भएको बताइएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिंगले हालै वुहानको भ्रमण गरेर कोरोनामाथि जित भएको सन्देश दिएका थिए। यस्तै द ग्रेट वाललाई खुला गरेर चीनले कोरोना भाइरसमाथि जित भएको सन्देश दिएको थियो।

प्रतिक्रिया दिनुहोस