बिश्व

अमेरिकामा कोरोना उपचारका लागि औषधि स्वीकृत, अब बिरामीलाई इन्जेक्सनमार्फत दिइने

अमेरिकाले कोरोना भाइरस संक्रमितको उपचारका लार्गि ‘रेम्डिसिभियर’ नामको एन्टिभाइरल औषधिलाई स्वकृति प्रदान गरेको छ। अमेरिकाकै औषधि कम्पनी ‘गिलियाड साइन्स’ले बनाएको औषधिलाई अमेरिकी सरकारले शुक्रबार स्वीकृत दिएको हो। मानिसमा परीक्षणका क्रममा रेम्डिसिभियर’ औषधिले कोरोना भाइरस नष्ट गरेको अनुसन्धाकर्ताले दाबी गरेका छन्।