शुक्रबार, १९ मंसिर २०७७

चीनमा जनयुद्ध सुरुभएको सी जिनपिङको घोषणा



बेइजिङ ।  कोरोनामा भाइरस बारे विश्वलाई चेतावनी दिने पहिलो चिकित्सक समूह मध्येका एक चिकित्सकको उक्त भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै चीनमा यो रोग विरुद्घ लड्न जनयुद्घ घोषणा गरिएको छ ।

३४ बर्षिय चिकित्सक लि वेनलियाङको उहान शहरको एक अस्पतालमा उपचारको क्रममा भएको हो ।

उनीले एक भिडियो सन्देश मार्फत पहिलो पटक यो भाइरसको विषयमा जानकारी दिएर विश्वलाई सचेत रहन चेतावनी दिनुभएको थियो ।

यसैबीच चिनिया सरकारले कोरोना भाइरस विरुद्घको अभियानलाई जनयुद्घको रुपमा अघि बढाइने घोषणा गरेको छ ।

चीनका राष्ट्रपति सी जिनपिङले चीनले कोरोना भाइरसलाई परास्त गर्ने आश्वासन दिदैं यो संघर्षलाई जनयुद्घको रुपमा लिन आग्रह गर्नुभएको हो ।

चिनिया राष्ट्रिय स्वास्थ्य आयोगका अनुशार चीनमा कोरोना भाइरसका कारण हालसम्म ६ सय ३६ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

विश्वभर कोरोना भाइरसको प्रकोप

चीनमा बिहीबार मात्रै एक डाक्टरसहित ७३ जनाको ज्यान गयो

काठमाडौँ । तीन सातादेखि चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ । बिहीबार मात्रै चीनमा ७३ जनामा मासिको ज्यान गएको र ३ हजार एक सय ४३ जना संक्रमित भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।

चीनमा सो भाइरसबाट सोमबार ६४, मंगलबार ६६, बुधबार ७३ तथा बिहीबार पनि ७३ जनाको ज्यान गएको हो ।

यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्यान गइसकेको छ।

चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा २ सय १ जना संक्रमित भएका छन्।

यसैगरी कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र चीनमा रहेका एक सय ८० जना नेपालीलाई नेपाल फर्काउँदै छ।

सरकारले ती नेपालीलाई काठमाडौँ ल्याएर छुट्टै राख्ने ठाउँको टुँगो लगाएको छ भने २ विमान तयारी अवस्थामा राखेको छ।

उनीहरुलाई दुई साता छुट्टै निगरानिमा राख्न शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्र, इचङ्गुनारायणस्थित सुकुम्बासीका लागि बनाइएको अपार्टमेन्ट, कृषि तालिम केन्द्र सूर्यविनायक र भक्तपुरस्थित खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रसहित चार स्थान छनोट गरेको छ ।

बिहीबार मात्रै छिमेकी मुलुक भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको उहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ ।

उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको भारतीय अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस