शनिबार, २५ बैसाख २०७८

कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदको पद रिक्त : मत सच्याउने देवीभने बचिन्



काठमाडौं । नेकपा एमालेले कर्णालीका चार प्रदेश सांसदलाई कारबाही गरेको छ ।

केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बिहीबार बालुवाटारमा बसेको बैठकले माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वाला र हाल मन्त्री बनेका अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारवाही गर्ने निर्णय गरेको हो ।

त्यस्तै कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर पछि मत सच्याएकी देवी ओलीलाई दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस