मंगलबार, १८ फाल्गुण २०७७

यूट्युबमा आयो ‘छ माया छपक्कै’



काठमाडौँ । दीपक दीपाश्री समुहले निर्माण गरेका सबै फिल्म सिनेमा हलमा प्रदर्शन भएको लामो समयपछि मात्र यूट्युबमा सार्वजनिक हुने गरेका छन् ।

‘छक्का पञ्जा’ सिरिज हलमा रिलिजको २ वर्षको अन्तरालमा यूट्युबमा आएका थिए । दीपेन्द्र लामा निर्देशित सुपरहिट फिल्म ‘छ माया छपक्कै’ भने सिनेमा हलमा रिलिज भएको डेढ वर्षमै यूट्युबमा सार्वजनिक भएको छ ।

यो फिल्ममा पाइरेसी बढेपछि बुधवार यूट्युबमा सार्वजनिक गरिएको हो । केदार घिमिरे ‘माग्ने बुढा’ को यूट्युब च्यानल आमा अग्नी कुमारी मिडियाबाट सार्वजनिक भएको फिल्मले घरेलु बक्सअफिसमा १४ करोड ग्रस कलेक्सन गरेको थियो ।

यूट्युब रिलिजको ८ घण्टामा करिब ३९ हजार भ्यूज पाएको फिल्मलाई २१ सय लाइक्स र डेढ सय बढी कमेन्ट प्राप्त छ । कमेन्ट बक्स निहाल्ने हो भने फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मले उठाएको विषयवस्तु अहिलेको राजनीतिक अवस्थासँग मिल्दोजुल्दो रहेको दर्शक प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस