शुक्रबार, १९ मंसिर २०७७

प्रयोग भइसकेका कण्डम पुन: बिक्री गर्ने महिला पक्राउ !



एजेन्सी । भियतनाममा प्रयोग भइसकेको कण्डम विभिन्न उपाय अपनाएर पुन: बिक्री गर्ने महिला पक्राउ परेकी छन् । उनलाई भियतनाम प्रहरीले गैरकानुनी रुपमा प्रयोग भइसकेको कण्डम पुन: बिक्री गरको आरोपमा पक्राउ गरेको हो ।ठूलो परिमाणमा गैरकानुनी रूपमा बिक्रीका लागि राखिएको कण्डम बरामद गरिएको प्रहरीलाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ । जुन कण्डम पहिले नै प्रयोग भइसकेका छन् । स्थानीय समाचार माध्यमहरुले प्रयोग भइसकेका कण्डम पुन: बेच्नका लागि ३ लाख २० हजारको संख्यामा राखिएको बताएका छन् ।

तस्बीर : रोयटर्स

जो ती समाचारहरुका भिडियोमा समेत देख्न सकिन्छ । पक्राउ परेकी महिला सो कण्डम बिक्री पसलका मालिक रहेकी छन् । उनले एक गोदाममा त्यस्ता प्रकारका कण्डम भण्डारन गरेर  बिभिन्न पसलमा बेच्ने गरेको प्रहरीले पाएको सूचनाको आधारमा छापा मार्दा फेला परेको हो । जुन स्थान भियतनामको दक्षिणी बन द्युङ्ग प्रान्तमा पर्दछ ।

पुन: प्रयोग गर्ने अवस्थामा यसरी ल्याइन्थ्याे

पक्राउ परेकी महिलाले प्रहरी समक्ष दिएको बयानअनुसार कम्पनीले पहिला नै प्रयोग भएको कण्डम जम्मा गरेर पखालिन्थ्यो । र, तातोपानीमा उमालिन्न्थ्यो । त्यसपछि लिङ्ग आकारको काठको ठूटामा हालेर सेलाइन्थ्यो । त्यसपछि पुन नयाँ प्याकेटमा राखिन्थ्यो ।

उनले अज्ञात व्यक्तिहरुबाट प्रयोग भइसकेको कण्डम लिने गरेको बताइएको छ । उनले यस्ता खालका कण्डम कति परिमाणमा बेचिन् भन्ने बारेमा प्रष्ट जानकारी आइनसकेको प्रहरीको भनाइ छ । यद्यपि उनले केजीको ०.१७ अमेरिकी डलरमा बेच्ने गरेको भने खुलेको छ ।

प्रतिक्रिया दिनुहोस