शुक्रबार, १० बैसाख २०७८

बलिउडमा कोरोना कहर : यी कलाकार भए कोरोनाको सिकार



एजेन्सी । भारतमा पूनः कोरोना संक्रमणले गति लिईरहेको छ । यहि बढ्दो चपेटामा परिरहेका छन् बलिउड कलाकारहरु पनि ।

पछिल्ला केहिसमयदेखि कलाकारहरु कोरोना चपेटामा परेका समाचारहरु आउने क्रम बढेको छ । अहिलेको समयमा भारतमा दैनिक एक लाख बढी मानिसहरु कोरोना संक्रमित भईरहेका छन् ।

भुमि पेड्नेकर, अक्षय कुमार, आलिया भट्ट, गोबिन्दा, विक्की कौशल, कनिका मान, नारायणी शास्त्री लगायतका कलाकारहरु कोरोनाका चपेटामा आइपुगेका छन् । कतिपय त फिल्म सुट गरिरहेको समयमा संक्रमित भएको पाइएपछि पुरा सेट नै स्यानिटाईज गरिएको छ ।

संक्रमित हरेक कलाकारले यस भाईरसलाई हल्का रुपमा लिन नहुने भन्दै आफ्ना प्रशंसकहरुलाई सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस