शनिबार, २५ बैसाख २०७८

दिनहुँ तोडिँदै संक्रमण रेकर्ड : आज थप ७ हजार ५८७ मा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा पिसिआर परिक्षण गर्दा थप ७ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८७ हजार ७९० जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ ।

आज थप ५५ को कोरोना संक्रमणका कारण निधन भएको छ । आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ ।

यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो।

प्रतिक्रिया दिनुहोस