शुक्रबार, ०९ माघ २०७७

थप ४ सय ४५ जनामा कोरोना संक्रमण, निको भए ४१४ जना, ५ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ६६ हजार ६ सय ४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ५९ हजार ७७२ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४३४ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस