मंगलबार, १८ फाल्गुण २०७७

थप ३०२ जनामा देखियो कोरोना सङ्क्रमण, ७ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ४८० जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ६३ हजार ३४८ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस