शुक्रबार, १४ फाल्गुण २०७७

हो हामी बिना बन्दुक लड्ने साइबर सेना नै हौं



लेखक
साइबर सेनाले बिचारको लडाइ लड्छ ,बेथिती बिसङ्गती बिरुद्व धावा बोल्छ । भ्रम फैलाउन उध्दत समुहको भ्रम चिर्न तत्पर रहन्छ। न यसले कसैलाई धम्क्याउछ,न यसले चन्दा असुली गर्दै बितन्डा पैदा गर्छ।

हिन्दीमा एउटा उखान छ ‘भाइ फुटे गवार लुटे’नेपाली राजनीतिमा अहिले यहि स्थिती छ। जब भाइहरु झगडा गर्छन् स्वतः दोश्रो पक्षले त्यस्को अबश्य फाइदा लिन्छ।

झन्डै दुई तिहाइ नजिकको नेकपाको सरकार कामै गर्न नसक्ने अवस्थामा पुर्याइइयो । आफ्नै पार्टीभित्रका लोभीपापीको घेराबन्दीमा फस्ने या संवृद्घिको यात्रालाई अलिकतिपनि ढिला नगरि अगाडी बढ्ेने भन्ने सवाल सरकारसामु आईपर्यो ।

टाउकोले ज्यान हल्लाउनेकी  ज्यानले टाउको हल्लाउने जस्ता बिचार र सिद्धान्त भन्दा कुर्सिको खेलमा कुर्सी वरिपरिको फनफनी घुमाइले देशलाइनै अगतिशिल बनाउने अवस्था आए पछि अग्रगामी भुमिकाको लागि दुई तिहाइको प्रधानमन्त्रीले सम्सद विघटन गर्नुपर्यो । संसद विघटनगरी ताजा जनादेश ल्याएर अस्थिरताको अन्त्य र स्थायित्व सरकार निर्माणको लागि निर्वाचनको लागि अभियान चलिरहँदा यत्तिखेर चर्चामा छ साइबर सेना ।

बलियो पार्टी फुटेको यो समयमा भाइ भाइ फुटेर वाद प्रतिबाद आरोप पर्त्यारोप लगाएर उछितो काड्न दुबै पक्ष सकृय नै छन।

उछितो कटाइमा आफ्ना –आफ्ना कार्यकर्ताहरुले ताली बजाइ रहेका छन सोसल मिडियामा शेयर गरेका छन् र माहोल आफ्नो पक्षमा बनाउने दौडधुपमा छन्।

हिजो १० बर्ष जनयुद्धमा बन्दुकसहितको जनमुक्ति सेना थिए, छापामार सेना थिए, उक्त सेनाले राज्य प्रणालिको काम कार्बाही न्याय समानतामा आक्रोश पोख्दै छापामार शैलिमा स्थानीय तहमा भौतिक कार्बही गर्नेदेखि राज्यको संमचनाहरु तोडफोड गर्दै पुर्व माओवादीले आफ्ना सेनाहरु परिचालन गरेको थियो।

आफ्नो पार्टीको प्रभुत्व जमाउनको लागि बिद्यालय क्याम्पसदेखि राज्यको हरेक निकायमा आफ्नो भातृ सङ्गठनहरु निर्माण गरि केन्द्रमा आफ्नो  पार्टीलाई मजबुत बनाउने अभ्यास हुँदै आएको अबस्थानै छ।

प्रबिधि विकास र समयसँगै नितान्त आफ्नो गतिमा चलिरहेको यो प्रबिधिमुलक समयमा आजको युवाहरु फेरि उहीँ पश्चगमन तरिकाले बन्दुक भिरेर छापामार सेनाहरु अबश्यनै बन्ने छैनन्।

प्रबिधी र समयको गतिलाइ आत्मसाथ गर्दै आज जनताहरु बन्दुक होइन कलमको साहारामा प्रबिधिको साहारमा साइबर सेना बन्दै छन्।साइबर सेनाले बिचारको लडाइ लड्छ ,बेथिती बिसङ्गती बिरुद्व धावा बोल्छ । भ्रम फैलाउन उध्दत समुहको भ्रम चिर्न तत्पर रहन्छ। न यसले कसैलाई धम्क्याउछ,न यसले चन्दा असुली गर्दै बितन्डा पैदा गर्छ।तसर्थ हिजो छापामार सेनाको सङ्गठन बनाउनेहरु आज यो बिचारको लडाकु साइबर सेना सङ्ग त्रसित छ भयभित छ।

अब यो साइबर सेनाहरु यसरी झाङ्गिदै छ सत्यको मार्गमा आफुलाइ अग्रगामी भुमिकामा अग्रसर बनाइ पस्चगामी तत्वहरुको तिकडमहरुलाइ चिरफार गर्दै देशको अखण्डता स्वाधीनता र बिकासको गतिमा अग्रगामी भुमिका निभाइ बिना बन्दुक बिचारको लडाइ लड्छ र देशलाइ समृद्धि र सुखी नेपालिको चहानामा अग्रगामी भुमिका निर्बाह गर्नेछ।

हिजो बन्दुक भिरेका जनमुक्ति सेनाहरु बन्दुक छोडेर सङ्गठनित रुपमा अगाडी बढिरहेको अवस्था छ भने यता बिना बन्दुकका साइबर सेनाहरु पनि कलमको सहारामा आफुलाइ अगाडी बढाइरहेको अवस्था छ र अब यहि दुई सेनाहरु साइबर सेनामा समायोजन हुदा  कमजोर धरातल भएका देशलाइ सधै सत्ता र शक्तिको पहुचमा परिवारबाट उन्मुक्ति नपाएका केहि तत्वहरु छटपटाइ रहेका छ्न जुन छट्पटी हरेक कार्यकर्म र भासणमा सुन्न पाइन्छ यसबाट स्पस्ट  थाहा हुन्छकि साइबर सेना कति मजबुत छ र बिना बन्दुकले पनि कलमको साहाराले प्रबिधिको मद्दतले शक्तिहरु कसरी हल्लाउन सकिन्छ भनेर।

विकास र बिज्ञानको दुनियामा हरेक नागरिक अब साइबर सेना बनेर अराजक तत्वहरुलाइ जरै देखि उखालेर फाल्न अब हरेक नेपाली साइबर सेनामा आबद्ध भएर देशको मुहार फेर्न गाउँ गाउँ बस्ती बस्तिबाट उठनु पर्छ र देशको अखन्ड्ता बचाउनु पर्छ अन्यथा देश देशी बिदेशी शक्तिको चक्रब्युहमा फसेर अराजकताको भड्खोला तिर बढ्दै जान्छ जस्ले गर्दा नेपालिहरुको समृद्ध नेपाली र सुखी नेपाली बन्ने चाहानहरुमा तुसारापात हुन्छ।

जसरी बिश्वका कतिपय बिकसित देशका नागरिकहरुलाइ निश्चित उमेरमा शिक्षाबाट बन्चित नगराइ सेनाको तालिम दिएर राज्यलाइ सेवा दिने अबसर प्राप्त गराइन्छ र निश्चित समय पछि छोड्न चाहेमा स्वतस्फूर्त छोड्न सक्छन र देशको तालिम प्राप्त सिपाही बनेर रास्टकोलागी एक पहरेदार सिपाही भएर उभिन्छ्न र देशको सार्बभौमसत्ता अखन्डता र स्वाधिनताको लागि उभिन्छ्न त्यसरिनै हामी पनि अब बिना बन्दुकको साइबर सेना बनेर अराजकताको राजनीतिलाई समाप्त गराइ स्थायित्व दृढ आत्मबिश्वासका साथ अगाडी बढेको सरकारलाइ मजबुत बनाइ सुखी नेपाल र समृद्ध नेपाल बनाउने ती सपनाहरुलाइ साकार पार्न एकजुट भएर लागिरहनेछौ।

र यो लडाइ बन्दुक बिसाएर कुर्सिमा निदाएको जस्तो हुने छैन,बिचार र सिद्धान्तमा अडिग भएर कलम र मस्तिष्क अनबरत रुपमा चलाइ बेथिति बिसङ्गति बिरुद्ध सधै यो साइबर सेना बिना बन्दुक सधै लडिरहनेछ।

चापाकोट नगरपालिका–८ स्याङ्जा

 

 

 

प्रतिक्रिया दिनुहोस