शुक्रबार, ०९ माघ २०७७

विप्लब समूहका दोस्रो प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ



काठमाडौं ।  प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका प्रमुख नेता धमेन्द्र बास्तोला पक्राउ गरेको छ ।

विप्लब समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको हो ।

उनी मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का एक सहयोगीसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस