शुक्रबार, ०९ माघ २०७७

डिभोर्स पछि एक्लो जिवन बिताइरहेका छन् यी अभिनेत्री



एजेन्सी । भन्छन् जोडीहरु स्वर्गमै बन्दछन् । तर विवाहको बन्धनमा बाँधिएपछि पनि कुनै जोडी पुरा हुन पाउँदैनन् । भारतीय फिल्मी क्षेत्रमा यस्ता जोडीहरु टन्नै छन् । यहाँ ती भारतीय अभिनेत्रीहरुको बारेमा बताउनेछौँ जसकोे डिभोर्स पछि श्रीमानले त अर्को विवाह गरिसके तर उनीहरु एक्लो जीवन नै बिताइरहेका छन् ।

अमृता सिंह
अभिनेत्री अमृता सिंहले १९९१ मा अभिनेता सेफ अली खानसँग विवाह गरेकी थिइन् । अमृताभन्दा सेफ १२ वर्ष कान्छा थिए तर प्रेमका कारण उनीहरु बाधा हुँदाहँुदै विवाह गरे । तर उनीहरु पछि सँगै रहन सकेनन् र विवाहको १३ वर्षपछि डिभोर्स भयो । उनीहरुका दुई बच्चा छन् सारा अली खान र इब्राहिम । सेफले केही समयपछि अभिनेत्री करीना कपरसँग विवाह गरे तर अमृता आफना दुई बच्चासँग खुसीको जिवन बिताइरहेकी छिन् ।

जेनिफर विंगेट
भारतीय टिवीकी चर्चित अनुहार जेनीफर विंगेटले सन् २०१२ मा अभिनेता करन सिंह ग्रोवरसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनी अभिनेताकी दोस्रो श्रीमती थिइन् । तर विवाहको २ वर्षमै यी दुईको डिभोर्सभयो र अहिले अभिनेताले बलिउड अभिनेत्री विपाशा वासुसँग विवाह गरे । तर जेनीफर अझैपनि कुनै वैवाहिक बन्धनमा बाँधिएकी छैनन् ।

करिश्मा कपूर
बलिउड अभिनेत्री करिश्मा कपुर एक चर्चित नाम हो । उनले सन् २००३ मा आफनो बच्चैदेखिको साथी संजय कपुरसँग विवाह गरेकी थिइन् । तर सन् २०१६ मा उनीहरुको डिभोर्स भयो । डिभोर्सपछि संजयले प्रिया सचदेवसँग विवाह गरे तर करिश्मा अझै पनि सिंगल नै छिन् ।

प्रतिक्रिया दिनुहोस