बिहिबार, ०८ असोज २०७७

गोगंबु हत्याकाण्ड : चितवनबाट समातिए ३ आरोपी (बयानसहित )

‘दुःख दिएकाले नशालु चक्की खुवाएर बेहोस बनाएँ, अनि हत्या गरेँ’



 

आमाछोरीले हत्या गरेको निष्कर्षमा प्रहरी, कारण यौन हिंसा

 

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा दाङका कृष्णबहादुर बोहराको टाउको काटेर हत्या गरी सुटकेशमा शव फाल्ने आरोपीतहरु पक्राउ परेका छन् ।
प्रहरीले चतिवन जिललाबाट तीन जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरीकी कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनीले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्ने गरेको समेत खुलेको छ ।

प्रहरी श्रोतका अनुसार आफूमाथी यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएको उनको वयान छ। ‘आफूमाथी पटक पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँ,’ अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बयान दिएकी छन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् ।

‘मलाई दुःख दिन आएपछि हत्या गरेको’ आरोपीको भनाइ छ । ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।

मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

ह्यामर र दाउ बरामद
प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ ।

ह्यामर र दाउ खाटमुनी फेला परेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिए । महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घटनाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछ ।

आइतबार विहान गोंगबु गणेशस्थान नजिक बोहराको शव र टाउको फालेपछि प्रहरी परिचालित भएसँगै कल्पना साँझ एम्बुलेन्स बोलाएर चितवन भागेकी थिइन् ।
छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट पक्रेर काठमाडौँ ल्याएको हो ।

कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस