बिहिबार, ०८ असोज २०७७

गोंगबु हत्या प्रकरण : फेसबुकमा नांगो फोटो राखेर ‘बाग्रेनिङ’,त्यसैकारण हत्या

यसरी रेटिएकाे थियाे बाेहाेराकाे घाँटी



काठमाडौं। गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेको खुलेको छ। कल्पना शाही मुडवरीले आफ्नै डेरामा मदिरासँगै औषधि खुवाएर हथौडा प्रयोग गरी हत्या गरेको खुलेको हो।

चिनजानका  कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेपछि अपराध योजना बनाइएको बुझिन्छ ।

दाङ घर भई काठमाडौं बस्दै आएका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न महिलाले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् ।

अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएको अपराध अनुसन्धान महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए ।

उनले कोठामा आएका बोहोरालाई औषधि खुवाएर बेहोस बनाएपछि टाउकोमा हथौडा प्रयोग गरेकाे तथा शव व्यवस्थापनका लागि टाउको र खुट्टा काटेर झोलामा हालेर फ्याकेको बयान दिएकी छिन्।

महानगरीय प्रहरी अपराध महाशाखाले चितवनबाट काठमाडौं ल्याएपछिको बयानमा उनले सो कुरा बताएकी हुन्। बोहोराको हत्यापछि उनले चितवनमा रहेका एम्बुलेन्स चालक भिनाजुलाई बोलाएर चितवन भागेकी थिइन्।३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको भिनाजु एम्बुलेन्स लिएर काठमाडौं आएको प्रहरीले दावी गरेको छ।

हत्या भएको करिब ४८ घन्टामा नै प्रहरीले हत्याकी मुख्य अभियुक्त कल्पना शाहीलाई चितवन शक्तिखोरबाट पक्राउ गरी सोमबार विहान काठमाडौं ल्याएको छ।

मुडवरीले बोहरा हत्यामा आफूले स्लिपिङ ट्याबलेट खुवाएको र आफूलाई बलात्कार गर्न खोजेको पनि बयान दिएकी छिन्। यस्तै प्रहरीले घटनास्थलबाट ह्याम्बर र काट्नका लागि प्रयोग गरिएको दाउ समेत बरामद गरेको छ।

हत्या र शव व्यवस्थापन गरेपछि कल्पना चितवनस्थित घर पुगेकी थिइन्। प्रहरीले छोरीलाई पनि पक्राउ गरेको छ। कल्पना विवाहित भएपनि श्रीमानसँग बसेकी थिइनन्।

उनी छुट्टै बस्दै आएको र बोहोरासँग लामो चिनजान भएको प्रहरीको दावी छ। त्यस्तै बोहोरापनि विदेश बसेर नेपाल आएका थिए। उनी पनि श्रीमतीसँग बसेका थिएनन्। लामो समयदेखि गोगंबु क्षेत्रमा बस्दै आएका बोहोरा र कल्पानको चिनजान पनि धेरै अगाडिदेखि भएको पाइन्छ।

कल्पना मोडलिङ क्षेत्रमा समेत काम गर्दै आएको खुलेको छ ।प्रहरी अनुसन्धानका क्रममा मृतक कृष्ण बहादुर बोहोरा कल्पनाको कोठामा बेला-बेलामा आइ भेट्ने गरेको खुलेको छ ।

मृतकले कल्पनाको फोटो राखी फेक फेसबुक आइडी खोली चलाउने गरेको र आफू अनुकुल चल्नको लागि दबाब दिने गरेको समेत पाइएको छ । प्रहरीका अनुसार शनिबार मात्रै बोहरा आफू बसेको होटलबाट बा ७२ प ५६४४ नंम्बरको स्कुटी प्रयोग गरी कल्पनाको  कोठामा पुगेका थिए । सोही क्रममा कल्पनाले कृष्णबहादुरलाई दही, चिउरा, मासु र भोड्का खुवाएको खुलेको छ ।

दहीमा कल्पनाले ५ वटा निन्द्राको औषधी मिसाएको पाइएको छ । खानेकुरा खाएपछि बोहोरालाई लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको खुलेको छ ।त्यसपछि मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको पाइएको छ ।

प्रहरीका अनुसार त्यसपछि कल्पना आफैले धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैंले फालेकी थिइन् । शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्कीएकी थिइन् ।

हत्यापछि बेलुकी बिरामी लिएर काठमाडौं आई फर्किन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन गएको पाइएको छ । अनुसन्धानको क्रममा कल्पना मुडभरी (पौडेल) घटनामा संलग्‍न भएको र उनकी छोरी शव व्यवस्थापनमा संलग्‍न रहेको खुलेको हो ।

 

प्रतिक्रिया दिनुहोस