शुक्रबार, ०९ माघ २०७७

बढ्यो सुनको मूल्य



काठमाडौँ । तोलामा रु ८०० ले सोमबार ओरालो लागेको सुनको मूल्य आज रु ६०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार ८०० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । सोमबार छापावाल सुन तोलामा रु ९२ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९२ हजार ३०० तोकिएको छ । आइतबार तोलामा रु ९१ हजार ७०० मा कारोवार भएको थियो ।

चाँदी तोलामा रु २० ले बढेको छ । आइतबार रु एक हजार २३० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस