शनिबार, १० असोज २०७७

आइसुलेशनदेखि होम क्वारेन्टाइनसम्म निशुल्क गुर्जो वितरण



काठमाडौँ । पछिल्लो समय निःशुल्क गुर्जो बाडेर अभियान चलाइ रहनुभएका काभ्रेका अभियन्ता मुक्ति विष्टले आज काठमाडौँका विभिन्न आइसुलेशन र क्वारेनटाइनहरूमा रहेका बिरामीहरूलाई गुर्जो हस्तान्तरण गर्नुभएको छ ।

उहाँले आजै नेकपाका स्थायी कमिटी सदस्य केशव बडाल, विष्णु रिमाल लगायतलाई समेत गुर्जो वितरण गर्नुभएको छ । आजै उहाँले नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का, उपाध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौला लगायतलाई समेत गुर्जो वितरण गर्नुभयो ।

आजै सोल्टी होटेलको आइसुलेशनमा बसेका क्याप्टेन विजय लामा लगायतलाई गुर्जो वितरण गरिएको विष्टले जानकारी दिनुभयो । क्याप्टेन लामासहित सोल्टीमा रहेका तीन जना कोरोना सङ्क्रमितलाई समेत गुर्जो वितरण गरिएको विष्टले बताउनुभयो ।

आजै काठमाडौँका विभिन्न होम क्वारेनटाइन र आइसुलेशनमा रहेका विरामीहरलाई समेत गुर्जो हस्तान्तरण गरिएको विष्टले बताउनुभयो ।
आजै काभ्रे जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी,ब्राइट सहकारी संस्थाका प्रमुख लक्ष्मण न्यौपाने मार्फत, निर्वाचन आयोगका कोमल धमला, हार्दिक होटेलका सञ्चालक रमेश पाण्डे जयराम तिमल्सिना, अभियान्ताहरु उज्ज्वल न्यौपाने, मोति घिमिरे, जयराम तिमिल्सना, दिपक घिमिरे लगायतका व्यक्तित्व मार्फत काठमाडौँका विभिन्न ठाउँमा गुर्जो वितरण गरिएको विष्टले बताउनुभयो ।

आजै जिफन्टका उपाध्यक्ष रमेश बडाल, मजदुर पार्टी जिल्ला कमिटी अध्यक्ष बलराम खत्री लगायतलाई गुर्जो वितरण गरिएको विष्टले जानकारी दिनुभयो ।

अभियान अन्तर्गत आजै काठमाडौं चावाहिल स्थित नेपाल बैंकका कर्मचारीहरुलाई गुर्जो वितरण गरिएको छ । बैंकका शाखा प्रमुख द्वारीका  घोरासाइने मार्फत गुर्जो हस्तान्तरण गरिएको हो ।

विष्टले पछिल्लो समय होम क्वारेनटाइन, आइसुलसन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र निजामती कर्मचारी लगायतलाई निःशुल्क गुर्जो वितरण गरिरहनुभएको छ । हालसम्म ५ हजार केजीभन्दा बढी गुर्जो निशुल्करुपमा वितरण गरिसकिएको विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस