शुक्रबार, १० बैसाख २०७८

पर्यटनको भण्डार पाँचपोखरी पर्यटकको पर्खाइमा छ : अध्यक्ष लामा, पाँचपोखरी थाङ्पाल



पाँचपोखरी । पाँचपोखरी थाङ्पाल गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजनअनुसार मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत सिन्धुपाल्चोक जिल्लामा र हाल वाग्मती प्रदेशमा पर्छ । सो पालिकाको नाम प्रसिद्ध धार्मिक र पर्यटकीयस्थल पाँचपोखरीबाट बनेको हो ।

विसं २०७३ मा राज्यको पुनःसंरचनासँगै बनेको सो गाउँपालिकाका पूर्वमा जुगल र पश्चिममा हेलम्बु गाउँपालिका, उत्तरमा रसुवा र लाङ्टाङ राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा मेलम्ची नगरपालिका पर्छन् । गाउँपालिका नामकरण भएको स्थल पाँचपोखरी वडा नं ३ भोताङको भौगोलिक क्षेत्रभित्रको राष्ट्रिय निकुञ्जमा पर्छ । पालिकाको कूल क्षेत्रफल १८७।२९ वर्ग किमी छ । समुद्री सतहबाट चार हजार १०० मिको उचाइमा पालिकाको उच्च भूभाग पाँचपोखरी पर्छ । नेपाल सरकारको निर्णयानुसार साविकका बाँसखर्क, बरुवा, भोताङ, थाङ्पालकोट, गुन्सा, थाङ्पालधाप, भोटेनाम्लाङ र लागर्चे गाविस समेटेर आठ वडाको पाँचपोखरी थाङ्पाल गाउँपालिका घोषणा गरिएको थियो ।

अहिलेसम्म समृद्ध पाँचपोखरी निर्माण गर्नका लागि भइरहेका काम, विकासनिर्माण अवस्थालगायत विविध विषयमा राष्ट्रिय समाचार समिति सिन्धुपाल्चोकका समाचारदाता देवराज सुवेदीले गाउँपालिकाका अध्यक्ष टासी लामासँग गरेको अन्तर्वार्ताको अंशः

राससः गाउँपालिकामा विकासनिर्माणको काम कसरी अगाडि बढ्दै छ रु
लामा ः गाउँपालिका विकासनिर्माणको सवालमा हामी रणनीतिक योजनाका साथ अगाडि बढिरहेका छाँै । सबै वडामा विकासनिर्माणका काम योजनामुताविक नै अगाडि बढाइरहेका छौँ । हिजो जनतासँग गरिएका कबुललाई नै प्राथमिकता दिएर हामी अगाडि बढिरहेका छौँ ।

राससः वडाको कुरा गरिरहँदा कति वडामा प्रशासकीय कार्यालय बने, कति बन्न बाँकी छन्, के छ अवस्था रु
लामा ः दुई वटा वडा कार्यालय बनिसकेका छन् । अरु वडा कार्यालय पनि तत्कालै बनाउनुपर्ने अवस्थाको छैन तर पनि हामी निकट भविष्यमा अरु तीन वटा वडा कार्यालय बनाउन लागिरहेका छाँै । यस हिसाबले हेर्दा हामी वडा कार्यालय निर्माणलाई पनि अगाडि बढाइरहेका छौँ ।

राससः कोरोनाले समग्र काममा क्षति पु¥यायो होला नि रु
लामा ः कोरोना सङ्क्रमणको शुरुको चरणमा गाउँमा सन्त्रास थियो, चिन्ता थियो । मनमा एक किसिमको डर थियो । त्यसले गर्दा स्थानीय सरकारले अलि बढी जिम्मेवार भएर काम गर्न परेको थियो । क्वारेन्टिन व्यवस्थापन, आइसोलेशन निर्माण ग¥यौँ । कम्तीमा बाहिरबाट आउने मानिसलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्न लगायौँ, गाउँगाउँका नागरिकलाई पनि हामीले सचेत रहन र धेरै नआत्तिन आग्रह ग¥यौँ । वडावडाका स्वास्थ्यचौकीलाई २४ घण्टै तयारी अवस्थामा बस्न भनेका थियौँ र एम्बुलेन्सबाट पनि हामीले जनतालाई सेवा दियाँै । नागरिक कसैलाई पनि समस्या नपरोस् भनेर स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखेर हामीले काम ग¥र्यौं ।

राससः चुनावका बेला बोलेका कुराहरुको लेखाजोखा गर्ने गर्नु भएको छ कि छैन रु

लामा ः चुनावका बेला हामीले धेरै ठूला कुरा गरेनाँै । आमनागरिकका बीचमा हामीले विशेष गरी सबै वडामा विद्युत् पु¥याउँछौँ, काठको खम्बा विस्थापन गर्छौं भनेका थियौँ । अहिले सबैतिर काठको पोल हटाइसकेका छौँ, स्टिलको खम्बा हालेका छौँ । विद्युत् नपुगेको ठाउँमा पु¥याउने काम भइरहेको छ । मुख्य सडकलाई बाहै्र महिना सञ्चालन गर्नका लागि काम भइरहेको छ । हामीले जनताका बीचमा बोलेका कुरामा नै प्राथमिकताका साथ काम गरिरहेका छौँ ।

राससः मोटरबाटो, खानेपानी, सिँचाइको अवस्था चाहिँ कस्तो छ रु
लामा ः विशेषगरी आममानिसमा विकासनिर्माण भन्नेबित्तिकै बाटो भन्ने बुझाइ छ तर हामी त्यो ठान्दैनाँै । विकासका विभिन्न पाटा छन् । ती पाटामध्ये कम्तीमा मानव विकास सूचकाङ्कमा पछाडि परेको हाम्रो गाउँपालिका हिमाली क्षेत्रमा पनि पर्ने भएकाले हामीले विशेषगरी शिक्षालाई प्राथमिकता दिएका छौँ । स्वास्थ्यलाई महत्वका साथ हेरेका छाँै । पर्यटनलाई हामीले मूलमन्त्रका रुपमा अगाडि बढाएका छौँ किनभने हाम्रो गाउँपालिका पर्यटनको अथाह सम्भावना भएको, धार्मिक, सांस्कृतिक पर्यटन हरेक हिसाबले सम्भावना नै सम्भावना भएकाले गर्दा हाम्रो गाउँपालिका पर्यटनको भण्डार नै हो ।

जनताको आर्थिक जीवनस्तरलाई कायापलट गर्न सकिन्छ भन्ने उद्देश्यले कृषि, खेलकूद, भूकम्पबाट तहसनहस भएका भौतिक संरचना निर्माणका लागि हामीले तीव्र अभियान सञ्चालन ग¥यौंँ । अहिले प्रायःजसो निजी आवास निर्माण सम्पन्न भइसकेका छन् । कतिपय अझै गुनासो रहेकाले त्यसलाई पनि छिटो सुल्झाउन प्रयास भइरहेको छ । मुख्य सडकलाई ११ मिटर र सहायक सडक सात मिटरका दरले कटिङ भइरहेको छ । दुई वटा सडकलाई पर्यटन सडक घोषणा गरेर काम भइरहेको छ । हाम्रो १ नम्बर वडाबाट प्रवेशपछि सबै वडा हुँदै ८ नम्बर वडाबाट निस्कन मिल्ने गरी सडक निर्माण गरिएको छ । चक्रपथको काम पनि अगाडि बढिरहेको छ ।
राससः पर्यटकीय क्षेत्रको पहिचान र प्रर्वद्धन गर्ने कामचाहिँ कत्तिको गुर्नभएको छ रु

लामा ः पर्यटनको कुरा गर्ने हो भने हाम्रो गाउँपालिका नमूना गाउँपालिका जस्तो लाग्छ । सङ्घीय सरकारमा नेपाल पर्यटन बोर्ड भनेजस्तै हामीले पनि हाम्रो गाउँपालिकामा पर्यटन समिति गठन गरेका छौँ । हाम्रो गाउँपालिकाको पर्यटकीय क्षेत्रको जिपिएस म्यापिङ ट्याप गरेर संसारभरिका मानिसलाई सहयोग होस् भनेर काम गरिरहेका छाँै । मोबाइल एप्स बनाउने काम भइरहेको छ । कतिपय हिमालको नामकरण भएका छैनन् । भर्खरै हामीले पाँचपोखरी पिक र युवा पिक भनेर नामकरण गरेका छाँै । त्यहाँ पुगेर आएको अध्ययन भ्रमण टोलीलाई हामीले सम्मान पनि ग¥यौँ । अब उहाँहरुकै सल्लाहसुझावका आधारमा हामी अन्य काम अगाडि बढाउनेछौँ । यति अथाह सम्भावना भएको पर्यटनको भण्डार हाम्रो गाउँपालिकामा सरकारले घोषणा गरेको घुम्नलायक १०० गन्तव्यमध्ये सिन्धुपाल्चोकमा मात्र १६ वटा राख्न सफल भयौँ । पाँचपोखरीमा पर्यटकीयस्थल छन् र हामीले त्यसको प्रचार गरिरहेका छौँ । आन्तरिक तथा बाह्य पर्यटक धेरैभन्दा धेरै भित्रिन थालेका छन्, पाँचपोखरी पर्यटकको केन्द्र बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ ।
राससः याङ्ग्री र लार्केको पानी काठमाडौँ लैजाने तयारी भइरहेको छ । उता मेलम्ची खानेपानी आयोजनाबाट पीडित भएकाले चरणबद्ध आन्दोलन गरिरहेका छन् । तपाइँहरुको चाहिँ माग के छ रु
लामा ः मेलम्चीबाट दैनिक १७ करोड लिटर तथा याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौँ जान्छ । हामीले यति ठूलो आयोजनालाई साथ दिएपछि अब यहाँका मानिसलाई साथ नदिई, जीवनस्तर उकास्नका लागि कुनै प्रयास नगरी यहाँको विकासनिर्माणको काम नगरी काठमाडौँ पानी लैजाने मात्र भनेर त हुँदैन । त्यहाँको विकासनिर्माण र जनताको आयआर्जनसँग जोडेर हामीले कुराकानी गरिरहेका छाँै । त्यस हिसाबले पानी पथान्तरणभन्दा प्रारम्भिक चरणमा हुनुपर्ने चिज, जनताले पाउनुपर्ने सेवासुविधा, कानूनले दिएको अधिकार सुनिश्चित हुनुप¥यो अनि मात्र पानी लैजान पाइयो, त्यसै लैजान कहाँ पाइन्छ रु त्यतिमात्र हैन पथान्तरणपछि पनि यहाँका जनताले पाउने सेवासुविधा, विकासनिर्माणको काम जति पनि छ, ती सबै कानूनतः सुनिश्चित हुनुप¥यो अनि मात्र पानी लैजाने कुरा गर्न पाइयो नि १ यी सबै विषयमा सरकारले साथ दिन्छ र हाम्रो चाहना पूरा गरेर मात्र सरकाले पानी लैजान्छ भन्नेमा हामी ढुक्क छौँ ।

राससः तपार्इँले देख्नुभएको पाँचपोखरीको सपना चाहिँ कस्तो छ रु

लामा ः हिमालैहिमालले घेरिएको काठमाडाँैबाट नजीकै रहेको हाम्रो गाउँपालिका पर्यटनको अत्यन्त सम्भावना र भण्डार भएको गाउँपालिका हो । यहाँका जनजीवनलाई पर्यटनसँग जोडेर कृषि, पशु, व्यवसायलाई आधुनिक हिसाबमा विकास गर्दै अगाडि बढ्ने योजनामा छाँै र त्यसैअनुसार काम पनि भइरहेको छ । त्यसैले गाउँपालिकालाई देशकै विशिष्ट गाउँपालिकाका रुपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेका छन् । प्रकृतिले पनि साथ दिएको छ, जनताले पनि साथ दिएको छ र राजधानीबाट अत्यन्तै नजीक छ । हामी पर्यटकीय हिसाबले विकास गरेर अगाडि बढ्न सक्छाँै र समृद्ध गाउँपालिका बनाउन सक्छौँ भन्ने लाग्छ ।

प्रतिक्रिया दिनुहोस