शुक्रबार, १९ मंसिर २०७७

जब हत्याराले मोडलको मोवाइलको लक खोल्न औंला काटेर साथमै लगे



काठमाडौं। एक रुसी पार्टटाइम मोडल तथा वैज्ञानिक आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा भेटिएकी छिन् । ती युवतीको हातको औंला हत्याराले काटेर आफ्नो साथमै लगेका थिए । महिला वैज्ञानिकको मोवाइल फोन चलाउनका लागि ती हत्याराले औंला काटेर साथमै लगेको विश्वास गरिएको छ ताकि उनले त्यो औंलाको प्रयोग गरेर फिंगर प्रिन्स सेन्सर लक खोल्न सकुन् ।

द सनको रिपोर्टअनुसार महिलाको औंला संदिग्ध व्यक्तिको घरमा पाइएको छ । सेन्ट पिटरसबर्ग टेक्नोलोजिकल इन्स्टिच्युटमा बायोकेमिस्ट रहेकी ३४ वर्षीया एकातेरिता एन्टोन्टसेभाको नग्न शरीर उनका प्रेमीले देखेका थिए । प्रेमी यात्राबाट फर्किंदा एकातेरिना अपार्टमेन्टमा नग्न अवस्थामा मृत थिइन् । अधिकारीहरुका अनुसार गत हप्ता एकातेरिनाको घाँटी थिचेर हत्या गरिएको थियो ।

रिपोर्टअनुसार संदिग्ध व्यक्ति एक कम्प्युटर गेमर हुन् । उनको नाम एर्टोम हो । पुलिसले उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ । उनले आफ्ना नष्ट भइसकेका सन्देशहरु पठाउन सेलफोनमा एकातेरिनाको औंलाको उपयोग गरेको आशंका गरिएको छ । अनुसन्धानकर्ताहरुका अनुसार उनीसँग एन्टोन्टसेभाको पैसा बाँकी हुन सक्छ जसका कारण उनले एकातेरिनाको हत्या गरे ।

एकातेरिनाको हत्याको जानकारी अरुले नपाउन् भन्नका लागि उनले एकातेरिनाको अपार्टमेन्टबाट दुर्गन्ध बाहिर जान नदिन भित्रका झ्याल ढोकाहरु सिल गरिदिर्एका थिए । एकातेरिनाले काम गर्ने संस्थानका सूक्ष्म जीवविज्ञानी डा. मार्क शमत्स्यानले एकातेरिनाको हत्याले आफूहरु शोकमा रहेको बताए । उनले अहिले एकातेरिनाको बारेमा कुरा गर्न समेत कठिनाइ भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस