शुक्रबार, १० बैसाख २०७८

कट्रिना केफलाई कोरोना संक्रमण



एजेन्सी । भारतीय अभिनेत्री कट्रिना केफलाई कोरोना संक्रमण भएको छ । उनी संक्रमित भएपछि फिल्म टाईगर ३ को सुटिंग रोकिने भएको छ ।

उनी हिजो अर्थात मंगलबार कोरोना संक्रमित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टाईगर ३ गरिरहेको यशराज फिल्म्सले अब फिल्म पठानको सुटिंगलाई निरन्तरता दिने भएको छ ।

पठानमा अभिनेत्री दिपिका पादुकोण तथा अभिनेताद्धय शाहरुख खान र जोन अब्राह्मको अभिनय रहने छ ।

प्रतिक्रिया दिनुहोस