शनिबार, १० असोज २०७७

काभ्रे काँग्रेसमा तीन डनको भिडन्त



काभ्रे। केन्द्रमा महाधिवेशन हुने चर्चा शुरु भए सगै काभ्रे काँग्रेसमा तीन डनहरुको चर्चा शुरु भएको छ । महाधिवेशन नजिकिएसँगै कुनै सयम राजधानीमा काभ्रेली समुहमा रहेर विभिन्न अपराधीक गतिविधिमा नाम जोडीदै आएका यी तीन दोस्ती अहिले राजनीतिमा भने एक अर्को विरुद्ध मोर्चा कसेर लागिपरेको काँग्रेसीहरु बताउँछन।

दोस्रो संबिधान सभा चुनावको केही समय अगाडि नेपाली काग्रेस प्रवेश गरी पार्टी क्षेत्रीय अधिबेशनमा पार्टीका ईमान्दार कार्यकर्ता शंखबुद्व लामा लगाएत नेता कार्यकर्ता पाखा लगाई डनगिरीको बलमा अधिबेशन कब्जा गर्न सफल भएका तिर्थ लामा पार्टीमा कुनै योगदान नभए पनि संबिधानसभामा निर्बाचित भएका थिए ।

संबिधानसभामा प्रवेश गरेपछी पार्टीको माथिल्लो नेतृत्वमा पहुँच पुर्याएका लामा गएको प्रतिनिधि सभाको निर्वाचनमा थोरै मतले मात्र पराजित भएकोले पुन अर्को निर्वाचन लड्न चाहन्छन त्यसैले उनी काग्रेसको आगामी अधिबेशनमा पनि पार्टीको प्रतिनिधिसभा समितिको सभापति बनेर अर्को चुनावको तयारिमा लाग्न चाहान्छन् ।

स्थानीय निर्वाचनको एक बर्ष अगाडि मात्र तत्कालीन माओवादीबाट कागं्रेस प्रवेश गरेका काभ्रेली समूहकै डि बि लामा, प्रवेश गर्ना साथ स्थानीय निर्वाचनमा रोशी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका हुन ।

काग्रेंसको पकट र संगठनभन्दा पनि काठमाडौमा गुन्डागर्दी गर्ने समुहको बलमा निर्वाचित भएपछि हाईफाईमा रमाएका उनी पनि अब प्रतिनिधिसभामा निर्वाचन लड्न क्षेत्रीय सभापति बन्न चाहान्छन।
काग्रेस र फोरम एकीकृत भएपछि काभ्रे क्षे नं. २ ख प्रदेशसभा निर्वाचन लडेका काभ्रेली समुहका प्रमुख पात्र गणेश लामा आफ्नो पुरानो छवि मेटाउन र संरक्षणका निमित्त प्रतिनिधि सभाको निर्वाचन लड्ने र राष्टिय छवि बनाउनको लागि पनि यो तयारीमा लागेका छन। त्यसैले केही समय अगाडि फोरमको तर्फबाट केन्द्रिय समितिमा पर्ने चर्चा चले पनि उनी टिकट सुनिस्चित गर्नको लागि प्रतिनिधि सभा समिती सभापति बन्न चाहन्छन।
यी तीन डनहरुको आ आफ्नो स्वार्थको लडाइँले भने काभ्रे काग्रेसका नेताहरुलाई भने मनोरञ्जन मिलिरहेको बताइन्छ । काग्रेसको राजनीतिमा ईतिहास बनाएका पुराना नेता कार्यकर्ता पाखा लगाएर राजनैतिक संरक्षण र लाभकालागी काग्रेंस प्रवेश गरेका यी पात्र आउना साथ लाभ नै लाभ र पार्टी उनीहरुको कब्जामा पुगे पछि बहुसंख्यक काग्रेसीहरु अब पार्टीमा निष्क्रिय रहनेकी अन्य पार्टी प्रवेश गर्ने भन्ने चर्चा पनि शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस