शनिबार, १० असोज २०७७

रुसी खोपले प्रभावकारी ढंगले काम गर्यो : द ल्याण्डसेट



मस्को । विश्व प्रसिद्ध स्वास्थ्य सम्बन्धी अनुसन्धानात्मक पत्रिका “द ल्यानसेटमा” रुसी वैज्ञानिकले तयार पारेको कोरोना विरुद्घको खोपले प्रभावकारी ढंगले काम गरेको उल्लेख गरेको छ ।
वैज्ञानिकद्वारा प्रकाशित उक्त प्रतिवेदनमा खोप लगाइएका सबैजसो कोरोना भाइरस सङ्क्रमितहरूमा एन्टिबडी विकसित भएको र खोपको गम्भीर नकारात्मक असरहरू पनि नदेखिएको उल्लेख छ ।

रुसी वैज्ञानिकहरुले तयार पारेको कोभिड १९ कोरोना भाइरस विरुद्धको खोपले प्रारम्भिक परीक्षणमा रोग प्रतिरोधात्मक क्षमता देखाएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

रुसले अनुसन्धानको नतिजा प्राप्त हुनु अघि गत अगस्ट महिनादेखि नै खोपको प्रयोग सुरु गरिसकेको थियो ।

यसैबिच, केही विज्ञहरूले खोपको उपयोगिता र प्रभावकारिता देखाउन उक्त परिक्षण धेरै सानो भएको बताएका छन् ।

रुसले भने प्रतिवेदनमा उल्लेखित नतिजाले सबै आलोचनाको खण्डन गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस