पुर्वमन्त्री वास्कोटालाई मतदाताको पत्र “कालो वादल फाटेर सुनौलो सुर्य अवश्य उदाउने छ ।”



आदरणीय कमरेड नमस्कार,
तपाईको विषयमा सामाजिक सन्जाल र मिडियामा भाइरल गराइएको निराधार अडियो टेप प्रकरण र त्यो लगतै तपाईंले नैतिकता को आधारमा पदबाट दिनुभयको राजिनामा ले म जस्ता थुप्रै निस्ठाबान र इमान्दार कार्यकर्ता निराश हुन पुग्यौ ।

सुरेश अधिकारी

धेरै दिनदेखी केही लेख्ने मन गर्दै थिय सुरुवात गर्नै सकिरहेको थिइन । आज केही लेख्ने प्रयास गर्दै छु । हामीलाई बिश्वास थिएन अनि बिश्वास गर्ने आधारहरु पनि थिएनन कि त्यो अडियो टेप सत्य हो । यति लामो राजनीतिक यात्रामा कहिकतै आँच नपु¥याइ कुनै राजनीति दाग नलगाइ आज तपाईंले जुन स्थान र ओहोदा प्राप्त गर्नुभयो हामिलाइ बिश्वास थियो छ र रहिरहनेछ कि तपाईं भ्रष्टाचारको विरुद्ध हुनुहुन्छ, अनि तपाईंको जीवनकाल रास्ट्र र राष्ट्रियताको लागि नै हुनेछ ।ओलि नेतृत्व को जनप्रिय सरकार विरुद्ध दुस्प्रचार फैलाउने यो यौटा असफल षड्यन्त्र थियो भन्ने भन्ने कुरा पनि पछिल्लो राजनीतिक घटनाक्रम ले छर्लङ्ग पारिसकेको छ ।
हामी विश्वस्त छौं तपाईं निर्दोष हुनुहुन्छ, यो कुरा छानबिन गर्ने निकायहरुले अनुसन्धान पछि प्रमाणित हुनेनै छ । राजनीतिमा लागेको मान्छेलाई आरोप लाग्नु, खुट्टा तान्नु,असफल गराउने प्रयत्न गर्नु यी सामान्य कुरा हुन तर आफ्नो लक्ष्य र गन्तव्यमा दृढ सन्कल्पका साथ जनता र राष्ट्रको सेवा गर्न तल्लिन भएर लागेमा यी सबै बिफल हुन्छन् भनेर तपाइले प्रशिक्षण दिनुभएको कुरा आज पनि मेरो स्मृतीमा ताजै छ । त्यसैले त हामी यी हल्लाहरुको पछि कुदेनौ, कुनै नाराबाजी गरेनौ ,आन्दोलन गरेनौ, आखिर नखाएको बीस लाग्न पनि त लाग्दैन । सत्य कै जित हुन्छ भन्नेमा हामी ढुक्क थियौं र छांै तर यहाँ त नखाएको बीस पनि जबर्जस्ती तैले खाएकै होस भनेर गोयवल्स शैलिका केही मान्छेअरु तपाईलाई गाली बेइज्जत गर्नमा तल्लीन छन । हामीले यस्ता निच र घटिया चेत भयकाहरुको मानसिकता बदल्न अझ धेरै संघर्ष गर्न बाकी छ ।
हाम्रो निराशा बिल्कुल हाम्रो स्वार्थको लागि थियन । यति स्वच्छ छवि भयको हाम्रो नेता माथी निराधार आरोपहरु लाग्दा असह्य पिडा हुदो रहेछ । जुन कुराले एक प्रकारको सन्नाटा छाउदो रहेछ । वत्तिमुनिको अध्यारोमा परेको काभ्रे अनि काभ्रेलि हरुको समृद्धि को दिन आयो भनेर तपाईंले चुनावमा भारी मतले बिजयी हुदा नै हामीले गर्व गरेका थियौ । तपाईं सङ्ग गाउँ गाउमा भोट माग्न डुल्दा नै हामीले भनेका थियौ अब काभ्रेले बिकास भएन, यो भएन, त्यो भएन, भनेर दुखी हुनुपर्ने दिनको अन्त्य हुदैछ भनेर । तपाईंको कार्यकालमा काभ्रे जिल्ला स्वर्ण युग बन्नेछ । अझ तपाईं सरकारको सूचना तथा सञ्चार मन्त्री भैरहदा सपनाहरु यथार्थमै बदलिने दिनहरु नजिकिदै थिए भनेर हामी धेरै खुशी थियांै । तपाईं मन्त्री भय लगत्तै काभ्रेमा बिकास को लहर नै ल्याइदिनु भयो । यो देखेर जिल्लालाई सधैं पछौटे वनाएर नेता वनिरहने सपना देख्नेहरुमा छटपटी हुनु स्वभाविकै थियो । बिरोधि हरु सल्बलाउन तर अरिङ्गाल को गोलामा ढुङ्गा हान्दा क्षती कसलाइ हुन्छ त्यो चाहिँ अबस्य हेक्का रहनु पथ्र्यो । अब हामिलाइ चिन्ता यहिनेर छ कि बिकास बिरोधिहरु त यसै नै छटपटाउछन, विपक्षी हरु त खुशिले मादल बजाउदै पनि होलान् मदिरा पाटी पनि गरिरहदा हुन तर तपाईंले देखाउनु भयको सपना, तपाईंले सुरु गर्नु भयको योजना अब कस्ले पूरा गर्छ ? तपाईं बाहेक कसैले सक्दैन । दलाल, भ्रष्टाचारिहरुको चक्रब्यु लाई तोडेर तपाईं फेरि पनि यहि यात्रामा समृद्ध नेपाल सुखी नेपाली को अभियान सफल बनाउन लागिरहनु हुनेछ भन्ने हामिलाइ बिस्वास छ ।

आज पाचखाल को सुख्खा फाटहरुले तपाईंले भनेजस्तै इन्द्रावतीको पानी पाता फर्काएर गोकुल ले कहिले ल्याउछ भनेर कुरिरहेछन । पाँचखाल मा बन्ने मदन भन्डारी प्राविधि बिश्वबिद्यालय मा पढ्न कलिला बालमस्तिष्क हरु आतुर छन । पाँचखाल को बिशेश आर्थिक क्षेत्र सेज तपाईंको पहलमा मात्र सम्भब देखिन्छ । सागाचोकमा बन्ने एसिया क्षेत्रकै नमुना अस्पताल तपाइलाइ नै कुरिरहेको छ । यस्ता थुप्रै आयोजना हरु छन काभ्रेको बिकास र समृद्धि को मुहार फेर्ने ती कार्यभार पूरा गर्नुछ । कालो बादल हटायर सुर्यका किरणहरु छर्नु छ ।

एकछिन ग्रहण के लागेको थियो धेरैले उत्सब पनि मनाए । बाघ सधै बाघ नै हुन्छ यो चाहिँ भुले पनि होला । यो पढिरहदा धेरैले मलाइ तपाईंको भक्त,हनुमान आदि इत्यादि आरोपहरु पनि लगाइरहदा हुन तर कम्युनिष्ट आन्दोलनमा तपाईंले देखाउनु भएको बाटोमा, तपाईंले प्रशिक्षित गर्नु भयको नितिमा,इमान्दारीता र निस्ठाको राजनीतिमा लागिरहादा यी आरोपहरुले खासै अर्थ नरहला
हामी ती सुनौला दिनहरुको लागि निरन्तर तपाईंको साथमा छौ । यौटा स्वर्णिम इतिहासमा कोर्न बाकी छ ।
उही तपाईको मतदाता
सुरेश अधिकारी

प्रतिक्रिया दिनुहोस