शनिबार, २५ बैसाख २०७८

मदनकृष्ण श्रेष्ठ सहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण



काठमाडौँ । चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उहाँसहित परिवारका पाँच जना सदस्यलाई कोरोना देखिएको हो ।

उहाँले सोमवार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण देखिएको जानकारी दिनुभएको हो ।

उहाँले ‘यो भाइरसलाई खेलाँची नगर्नुहोला । जति सकिन्छ कोरोनाबाट सर्तक रहनुहोला । बर्थडे विस गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद ।’ कोरोना पुष्टि भएपछि उहाँ परिवारसँग घरमै आइसोलेसनमा बसेका छन् ।

मदनकृष्णले आफूसहित परिवारलाई कोरोना देखिएको बताएपछि सामाजिक सञ्जालमा फिल्मकर्मीदेखि शुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरेका छन् । गत वर्ष उहाँका मित्र हरिवंश आचार्यलाई पनि कोरोना भएको थियो । मदनकृष्ण श्रेष्ठ सोमवारबाट ७१ वर्षको हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस