शुक्रबार, ०९ माघ २०७७

मेयरले बजेट दुरुपयोग गरेपछि मण्डनदेउपुरमा खैलाबैला : बस्नै सकेन नगरसभा

६४ सदस्यीय सभामा अल्पमतमा परे मेयर



काभ्रे । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा मेयर टोकबहादुर वाइवाले बजेट दुरुपयोग गरेकोभन्दै आवाज उठेको छ ।

बजेट दुरुपयोगकै विषयले आज विहान ८ः ३० बजे सुरू हुने भनिएको नगरको हिउँदै नगर सभा अहिलेसम्म सुरू हुन सकेको छैन ।

नगर प्रमुख टोक बहादुर वाईबाको गलत रवैया, नगरको नीति तथा कार्यक्रम र बजेट पुस्तिका भन्दा बाहिर मनपरि रकमको दुरुपयोग, अनियमितता, नगरको बजेट आफ्ना मान्छे र प्रभावित गर्ने गरि दुरूपयोग भएकोमा विरोध गर्दै जनपक्षीय काम हुनुपर्ने माग राखी नगर उप प्रमुख निर्मला शाहीको नेतृत्वमा नेकपाका बहुमत नगर सभा सदस्यले बहिष्कार गरेका छन् । ६४ सदस्यीय सभामा नगर प्रमुख वाईबा अल्पमतमा परि सभा सुरू गर्न सकेका छैनन् ।

नगरपालिका विधि, पद्धतिमा नचलेको, हैकमवादी, सामन्ती प्रवृत्ति, वेथितिमा मनपरि बजेटको दुरूपयोग गरेकोमा पटक पटक सुझाव दिदा पनि अटेर गरेकाले नगर सभा बहिष्कार गरेको मण्डनदेउपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष जित बहादुर तामाङले बताए ।
बहुमत नगर सभा सदस्य आफु पक्षमा रहेको उनले बताए ।

नगर सभा सदस्य रूद्र बहादुर तामाङको नेतृत्वमा सभा बहिष्कार गरिएको एक नगर सभा सदस्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस