शनिबार, २५ बैसाख २०७८

माओवादी लियो सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीको आज बसेको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले विस्वासको मत लिने निर्णय गरिसक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया दिनुहोस