बुधबार, २८ श्रावन २०७७

राष्ट्रपति सम्मानित संस्था हो, महाअभियोग लगाउने कुरा नगराैँः प्रवक्ता श्रेष्ठ



काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सम्मानित संस्था रहेको भन्दै महाअभियोगक कुरा नगर्न अनुरोध गरेका छन । नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा राष्ट्रपतिलाइ महाअभियोग लगाउने तयारी भएको सूचनाहरू बाहिर अाइरहेको सन्दर्भमा प्रवक्ता श्रेष्ठले यस्तो विषय कल्पना पनि गर्न नहुने बताएका छन ।

उनले भनेका छन ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो।यो गरिमामय सँस्थालाई कसैले पनि आ-आफ्नो स्वार्थका लागि विवादमा नतानौं ।राष्ट्रपतिको बिरुध्द महाअभियोग प्रस्ताव ल्याउने अनर्गल झुठा प्रचार कसैले नगरौं । राष्ट्रपति संस्थाको अवमुल्यन नगरौं । राष्ट्रपतिज्यु स्वयंको पनि ध्यान जाने नै छ।’

प्रतिक्रिया दिनुहोस