शुक्रबार, १० बैसाख २०७८

नेपाल र खनाल पनि ओली तिरै आउने तयारी, यसरी जुट्दै छ पुर्वएमालेमा सहमति !



काठमाण्डौ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउने दाबि गरेका छन । नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए ।

तर त्यसका लागि नेताद्वयले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको आरोपपत्र फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

अहिलेपनि हामीले ठाउँ राखेका छौं, पार्टी एकता जोगाउन कोशिस गरेका छौं । उहाँहरुले गैर वैधानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएको कुरा गर्नुभएको छ ।

प्रचण्डजीलाई हामीले अध्यक्षको कार्यकारी भूमिकाबाट मात्रै हटाएका छौं, अध्यक्षबाट हटाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।

पुस ५ गते झुक्याएर अविश्वासको प्रस्ताव दर्ता गर्ने र सरकारलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने गलत चेष्टा भएकोले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामा जाने निर्णय गरेको पौडेलले बताए ।

‘प्रधानमन्त्रीले त्यसलाई प्रतिवाद गर्ने निश्चय गर्नुभयो र संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । ताजा जनादेशमा जाने निर्णय राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ । त्यसो गरेका थिएनौं, आत्मसर्मपण गरेका थियौं भने मुलुक अनैतिकता, अराजकता र उछृङ्खलता तर्फ जाने खतरा थियो’ उनले भने ।

संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय संविधानसम्मत रहेको पनि पौडेलले जिकिर गरे । ‘संधिवानको मर्म, भावना र अन्तर्यहरुलाई विश्लेषण गर्दा निर्वाचनमा जान्छ भनेर भन्ने निष्कर्षमा पुग्न सक्छौं’ उनी भन्छन् । प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने उनको जिकिर छ ।
कार्यक्रममा नेता रघुविर महासेठले पार्टीका वरिष्ठ नेताहरुले नै प्रधानमन्त्रीलाई इरिटेड बनाएको आरोप लगाए । उनले प्रधानमन्त्रीले खुशी भएर नभई बाध्यात्मक स्थितिमा संसद विघटन गरेको बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा मधेसमा करोडौं बजेट विनियोजन भएको बताए ।
प्रचण्ड माधव समुहको अर्को कदम

प्रदेश १ मा नेकपाको राजनीति तिब्र गतिमा गर्माएको छ । नेकपा प्रचण्ड माधव समुहले संसदीय दलको नेताबाट हाल मुख्यमन्त्री रहेका शेरधन राईलाई हटाएर भीम आचार्यलाई चयन गरेको छ ।

बिहीबार उपनेता टङक आङबुहाङको नेतृत्वमा बसेको संसदिय दलको आकस्मिक बैठकले सांसद भीम आचार्यलाई संसदिय दलको नेता चयन गरेको हो ।

नेता आचार्य अविश्वासको प्रस्तावमा दर्ता गराइएका प्रस्तावित मुख्यमन्त्रीका दाबेदार पनि हुन ।

मुख्यमन्त्री राईले पनि प्रचण्ड–नेपाल समूहका आचार्यसहित १५ जना सांसदलाई बर्खास्त गरेका छन् । उनले ती १५ सांसदहरुलाई तीन महिनाका लागि बर्खास्त गरेका हुन् ।

१२ पुसमा प्रचण्ड माधव समुहका ३७ सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्री र संसदिय दलको नेताबाट हटाउन माग गर्दे प्रदेश सभा सचिवालयल अनि संसदिय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्तावमा छलफल गर्न उपनेता आङबुहाङ र सचेतक सौभाग्यवती राईले १९ पुसमा संसदिय दलको बैठक बोलाएका थिए ।
तर आविश्वासको प्रस्वाव दलका नेता र प्रमुख सचेतकलाई जानकारी नगराई अबैधानिक रुपमा दर्ता गराएको भन्दै हस्ताक्षर गर्ने सांसदहरुलाई ओली सर्मथक मुख्यमन्त्री पक्षले २४ घण्टे अल्टिमेटम दिदै स्पिष्टिकरण सोधेपछि प्रचण्ड माधव समुहको बिहीबार संसदीय दलको आकस्मिक बैठक बसेको थियो ।उक्त वैठकले ६७ सदस्यमध्ये ३६ जनाको हस्ताक्षरसहित दलको नेताबाट राईलाई बहुमतले हटाएर आचार्यलाई चयन गरिएको पत्र बिहीबार प्रदेशसभामा दर्ता भएको छ ।

बहुमत सांसदहरुले आविश्वासको प्रस्ताव दर्ता गराएपछि सांसदहरुलाई कार्वाही गर्ने, लोभ देखाउने, धमक्याउने काम थालेकोले आकस्मिक बैठक बस्नुपरेको उपनेता आङबुहाङले बताए ।

ओली समुहले भने संसदीय दलको नेता शेरधन राई नै कायम गरेको र अर्को पक्षले अबैधानिक रुपमा राखेको बैठक र छानेको नेता आफुहरुलाई मान्य नहुने प्रतिक्रिया दिएको छ ।

ओली पक्षका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई कार्वाही किन नगर्ने भन्दै २४ घण्टे स्पिष्टिकरण सोधेका थिए ।

प्रदेशमा नेकपाका ६७ सांसद मध्ये प्रचण्ड९माधव समुहले ४७ र ओली समूहले २० जना आफनो पक्षमा रहेको दाबी गर्दै आएका छन ।सभामा काँग्रेसको २१ जसपाको ३ राप्रपाको १ र संघीय लोकतान्त्रिक मञ्चको एक जना सांसद छन ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले ७ माघमा प्रदेश सभाको हिउँदे अधिवेशन बोलाइसकेका छन । यसैले दर्ता भएको अविश्वासको प्रस्ताव संसद सुरु हुने बित्तिकै छलफलमा जानेछ ।

 

प्रतिक्रिया दिनुहोस