शनिबार, २५ बैसाख २०७८

थप कडाईका साथ एक हप्ताको लागि लम्बियो निषेधाज्ञा



काठमाडौं । काठमाडौं उपत्यका भित्र निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय भएको जनाईएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयूक्त बैठकले २९ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको बताईएको छ ।

त्यस्तै पसल खोल्ने समय बिहान ९ बजेसम्म मात्र कायम गरिएको जानकारी गराईएको छ । अव देखि अत्यावश्यक बाहेकका अरु सवै पास बन्द गर्ने निर्णय भएको छ । यसै गरि बैंक तथा वित्तिय संस्थामा सिमित जनशक्ति राखेर चलाउन दिने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस