बिहिबार, ०८ असोज २०७७

ऋण तिर्न नसकेपछि पूरै परिवारले त्रिशुलीमा हाम्फाले

श्रीमानको उद्धार, श्रीमतीको मृत्यु, दुई छोरा बेपत्ता



धादिङ। २ नाबालक छोरासहित एक दम्पतीले त्रिशुलीमा हाम्फालेका छन् । हाम्फालेका ४ जनामध्ये श्रीमानको मात्र उद्धार गर्न सकिएको छ । श्रीमतीको शव भेटिएको छ । २ वर्ष र ४ महिनाका २ छोरा बेपत्ता छन् । बेपत्ता नाबालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित बादरेमोड छेउबाट काठमाडौं चन्द्रागिरी नगरपालिका थानकोट घर भएका ३५ वर्षका विनय लामिछाने र २७ वर्षकी जमुना रेग्मी लामिछानेले २ वर्षका बिजन लामिछाने र नाम राख्नै बाँकी भएका ४ महिनाका छोरा साथैमा लिएर बिहीबार साँझ ७ बजेतिर त्रिशुली नदीमा हेलिएका थिए ।

घटनापछि श्रीमती जमुनाको मत्यु भएको छ भने दुवै छोराहरु बेपत्ता छन् । श्रीमान विनयलाई भने स्थानीयले जीवितै उद्दार गरेका थिए । बेपत्ता बालकको शुक्रबार बिहानैबाट खोजी भइरहेको छ । त्रिशुली नदी धमिलो भएकाले र पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । जीवितै उद्दार गरिएका बिनय इलाका प्रहरी कार्यलय गजुरीको नियन्त्रणमा छन् ।

सपरिवार त्रिशूलीमा हाम्फालेर आत्महत्याको प्रयास गरेर बाँचेका विनय लामिछानेले व्यवसायमा घाटा र ठूलो परिमाणम ऋण लागेपछि आत्महत्याको प्रयास गरेको प्रहरीसमक्ष बयान दिएका छन् । उनले सपरिवार मर्ने प्रयास गरेको बताए ।

उनले श्रीमती २८ वर्षकी जमुना रेग्मी लामिछाने, २ वर्ष र ६ महिनाका दुई छोरासहित धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुंगे पुलबाट बिहीबार साँझ हाम्फालेका थिए । उनलाई स्थानीयले जीवितै उद्धार गरेका थिए ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका नगरपालिका–५ थानकोट निवासी विनय लामिछानेको घरमा सुसाइड नोडसमेत भेटिएको छ । इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्त डिएसपी खगेन्द्र खड्काले सुसाइड नोट भेटिएको पुष्टि गरे ।

‘सुसाइड नोटमा उनले आफूले तिर्नुपर्ने ऋणको सबै विवरण समेत लेखेका छन् । लेखिएको ऋण डेढ–दुई करोडजति नै छ’ डिएसपी खड्काले डिसीनेपालसँग भने ‘एकै जनालाई ५० लाखसम्म तिर्नुपर्ने समेत छ ।’

लामिछानेले अनलाइन बिजनेसमा घाटा भएपछि परिवारै मर्ने निर्णय गरेर त्रिशूली नदीमा हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डिएसपी खड्काले बताए ।

लामिछानेको कमोडिटी अनलाइन बिजनेस छ जसमा उनलाई ठूलो घाटा भएको थियो । चर्को ब्याजमा लिइएको ऋण तिर्दातिर्दै सम्पत्ति सबै सकिएको सकिएपछि आफुहरुले आत्महत्या गरेको उनीहरुले लेखेको सुसाइड नोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस