कोरोना त्रास : प्रचण्डले गरे सबै भेटघाट कार्यक्रम स्थगित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि भेटघाट कार्यक्रम अनिश्चित कालको लागि स्थगित गरेका छन् ।

विश्वभर फैलिएको कोरोनाभाइरसका कारण देखाउँदै अध्यक्ष दाहालले सबै भेटघाटका कार्यक्रम स्थगित गरेका हुन् ।
अध्यक्ष दाहालकी छोरी गंगा दाहालले फेसबुकमा एक स्ट्याटस राख्दैे अध्यक्ष प्रचण्डले अत्यावश्यकबाहेक अन्य भेटघाट कार्यक्रम नगर्ने जनाएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन् : विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस