शुक्रबार, १० बैसाख २०७८

आमा बन्दै प्रियंका कार्की



काठमाडौँ । नेपाली अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् । उनले आज शुक्रबार सामाजिक सञ्जालमार्फत आफु गर्भवती भएको कुरा सार्वजनिक गरेकी हुन् । उनले अब तपाईले सोध्न बन्द गर्न सक्नुहुन्छ भन्दै बम्पसहितको तस्बिर पोष्ट गरेकी छिन् ।

गत वर्ष अभिनेता आयुष्मान देशराज जोशीसँग विवाह गरेकी उनले उक्त कुरा सार्वजनिक गरेपछि प्रशंसक तथा कलाकारहरुको तर्फबाट बधाईको ओईरो लागेको छ । उनलाई पूर्व मिस नेपाल श्रृंखला, दिपाश्री, स्वस्तीमा, लष्पष्तब चांडक लगायतका कलाकारहरुले बधाई दिएर खुशी पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस