शनिबार, २५ बैसाख २०७८

२९ वर्ष लागिन् पुजा, यसरी दिईन आफु र सोनमलाई जन्मदिनको शुभकामना



काठमाडौँ । नेपाली अभिनेत्री पुजा शर्मा आजबाट २९ वर्ष लागेकी छिन् । २०४९ बैशाख १७ गते सिन्धुपाल्चोकमा जन्मिएकी उनलाई सामाजिक सञ्जालको माध्यमबाट शुभचिन्तक तथा फिल्मकर्मीहरुले जन्मदिनको शुभकामना दिईरहेका छन् ।

उनी फिल्म प्रेमगीतको गीत भुमिकाबाट दर्शकका बिचमा नाम कमाउन सफल भएकी थिईन् । उनले आज आफनो इन्स्टाग्राममार्फत अभिनेता सोनम तोपदेन लाई मेन्सन गर्दै ‘ह्यापी बर्थ डे टु अस’ भनेकी छिन् ।

विभिन्न विवादमा तानीए तापनि दर्शकको भरोसा जित्दै आएकी उनको फिल्म म यस्तो गित गाउँछु २ रिलिजको संघारमै छ । पूजा नेपाली फिल्मकी सबैभन्दा महंगी अभिनेत्री समेत हुन् ।

उनले १५ लाखमा ‘सम्हालिन्छ कहिले मन’ र १८ लाखमा ‘पोइ पर्‍यो काले’ मा काम गरेकी थिइन् । निर्माणको तयारीमा रहेको फिल्म ‘मन परेसीे’ मा भने उनले २५ लाख बुझेको चर्चा छ । उनले म्यूजिक भिडियोबाट पनि राम्रो कमाई गर्ने गरेकी छन् । अहिले उनी आफ्नै कमाईले काठमाडौंमा दोस्रो घर बनाउँदैछिन् ।

प्रतिक्रिया दिनुहोस