मंगलबार, १८ फाल्गुण २०७७

“पर्पला” बाट फिल्ममा डेब्यु गर्दै निखिला



काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा नयाँ अभिनेत्रीको आगमन हुने भएको छ । फिल्म पर्पलाबाट झापाकी निखिला बुढाथोकीले अभिनेत्रीको रुपमा डेब्यू गर्ने भएकी छिन् । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी उनी पेशाले नर्स हुन् ।

अष्ट्रेलियामा कुशल बेली डान्सरको रुपमा चिनिने उनले थुप्रै म्यूजिक भिडियोमा काम गरिसकेकी छन् ।

भविष्यमा सफल अभिनेत्रीको रुपमा स्थापित भएर स्वदेश तथा विदेशमा आफ्नो क्षमता देखाउने चाहना रहेको बताउने उनलाई यसअघि पनि थुप्रै नेपाली फिल्मबाट अफर भएको थियो ।

अस्ट्रेलियामा नै निर्माण भएको ‘पर्पला’ को कथाले मन छोएपछि काम गरेको उनी बताउँछिन् । अस्ट्रेलियामा घट्ने एउटा वास्तविक घटनामा फिल्म आधारित छ ।

प्रतिक्रिया दिनुहोस