बिहिबार, ०८ असोज २०७७

पुटिनकी छोरीले लगाईन् विश्वकै पहिलो कोरोना भ्याक्सिन

विश्वकै पहिलो कोरोना भ्याक्सिन स्वीकृत !



काठमाडौं। विश्वकै पहिलो कोरोनाभाइरस भ्याक्सिनले आधिकारिक रुपमा स्वीकृति पाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार विश्वकै पहिलो सफल कोरोना भ्याक्सिन भएको दावी गर्दै यसलाई प्रयोगकालागि स्वीकृति दिएको घोषणा गरका हुन् ।घोषणा कार्यक्रममा पुटिनले आफ्नी छोरीले पनि यो भ्याक्सिन लगाएको जानकारी दिए । पुटिनका अनुसार उनकी छोरीलाई कोरोनाभाइरस संक्रमण भएको थियो त्यसैले उनलाई यो भ्याक्सिन दिइयो । केही समयको लागि उनको शरीरको तापक्रम बढ्यो तर अब उनी ठिक छिन् ।

समाचार एजेन्सी एएफपीका अनुसार यो भ्याक्सिनलाई रुसको गेमालेया इन्स्टिच्युटले बनाएको हो । मंगलबार रुसको स्वास्थ्य मन्त्रालयले भ्याक्सिन सफल भएको प्रमाणीकरण गरेको छ । यसलगत्तै राष्ट्रपति भ्लादिमिर पुटिनले यो भ्याक्सिनको उत्पादन छिटै सुरु गरिने ठूलो संख्यामा भ्याक्सिनको डोज बनाइने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस