आइतबार, ०४ माघ २०७७

रणवीर सिंहसँग डेटिंगका लागि दीपिकाले राखेकी थिइन् यो शर्त



एजेन्सी । अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह बलिउडका लोकप्रिय जोडी हुन् । तर दुवैको ्प्रेम जिवन विभिन्न उतारचढाव बाट गुज्रीएको छ ।

अझ दिपिका पादुकोण त धेरैसँग सम्बन्धमा थिईन् तर नलाई प्राय धोका नै मिल्यो । यस्तैमा जब उनको रणवीरसँग भेट भयो तब उनलाई रणवीरमाथि विश्वास गर्न मुश्किल नै भयो ।

उनले भारतीय सञ्चारमाध्यमलाई एक अन्तवार्तामा बताएकी छन् कि जब उनले रणवीरलाई भेटिन् तब उनको प्रेमबाट विश्वास उठिसकेको थियो । किनकी त्यो रणवीरबाट भन्दा पनि उनका ती टुटेका सम्बन्धका कारण भइरहेको थियो ।

उनि भन्छिन् उनले त्यस समय उनीसँगको प्रेम स्वीकार गरेको भएपनि एउटा ओपन सम्बन्ध चाहने शर्त राखेकी थिइन् । उनी केहीपनि कमिटमेन्ट गर्न चाहँदिन थिइन् ।

त्यस्तैमा रणवीरले कुनै समय पास गर्नेवाला सम्बन्ध नभएर दिगो सम्बन्ध चाहने कुरा खुलाएका थिए किनकी उनले पनि प्रेम सम्बन्धमा गाँसिएर धेरै कुरा देखेका थिए ।

आज यो जोडी बलिउडमा निकै चर्चित छ । धेरै फिल्म साथमा गरेका उनीहरु विवाहपछि पहिलोपटक फिल्म ८६ बाट देखिँदै छन् ।

प्रतिक्रिया दिनुहोस